भन्सार कार्यालयमा अनाधिकृत व्यक्ति प्रवेशमा रोक लगाउन अर्थमन्त्रीको निर्देशन

भन्सार कार्यालयमा अनाधिकृत व्यक्ति प्रवेशमा रोक लगाउन अर्थमन्त्रीको निर्देशन
सुन्नुहोस्

काठमाडौं : अर्थमन्त्री डा. प्रकाशशरण महतले सुन प्रकरणमा अनुसन्धान समितिलाई स्वतन्त्र रुपमा छानबिन गर्न राज्यले सम्पूर्ण हिसाबले सहयोग गर्ने बताएका छन्।

बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण गर्दै अर्थमन्त्री महतले सुन प्रकरणपछि केहि कर्मचारीलाई निलम्बन गरिसकेको भन्दै अनुसन्धान समितिलाई स्वतन्त्र रुपमा काम गर्न दिने र राज्यले सहयोग गर्ने बताए । 

उनले सुन प्रकरणमा मेसिन वा मानविय कमजोरी हो भन्ने छानबिन समितिले पत्ता लगाउने दावी गरे। मन्त्री महतले भन्सार कार्यालयमा अनाधिकृत व्यक्ति प्रवेशमा रोक लगाउन निर्देशन दिएको जानकारी दिए। उनले अपराध गर्ने व्यक्तिहरुले नयाँ नयाँ प्रविधिहरु प्रयोग गर्न सक्ने भएकाले भन्सारमा रहेका प्रविधिहरुलाई पनि समयानुकुल परिवर्तन गर्दै जानुपर्ने धारणा राखे।

उनले बिमानस्थलमा रहेका राज्यका विभिन्न निकायसँग छलफल गर्दै सुधारका विषयमा पनि छलफल भएको बताए । राज्यका सबैको समन्वयकारी भूमिकाले नै विमानस्थलमा हुने गैर कानुनी गतिविधिहरु कम भएर जाने उनले बताए।

अर्थमन्त्री महतले विमानस्थलको आगमन, प्रस्थान र भन्सार क्षेत्रको अवस्थाबारे निरीक्षण गरेका थिए । सुन प्रकरणपछि उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले पनि भन्सार क्षेत्रको निरीक्षण गरेका थिए।  केही दिनअघि विमानस्थलको भन्सारबाट जाँचपास भएको वस्तुमा सुन पाइएपछि राजस्व अनुसन्धान विभागले बरामद गरेको थियो । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.