दुर्घटना न्यूनीकरणका लागि चालक र सहचालकको स्वास्थ्य परीक्षण
स्याङ्जा : बढ्दो सडक दुर्घटना न्यूनिकरण गर्ने उद्देश्यले चालक र सहचालकको स्वास्थ्य परीक्षण गरिएको छ। चापाकोट नगर अस्पतालको सहयोगमा नगरमुकाम सुन्तलीटार बजारमा चालक र सहचालकको स्वास्थ परिक्षण गरिएको हो।
चापाकोट नगरपालिकास्थित सुन्तलीटारमा सञ्चालित सवारी चालक तथा सहचालक गरी बुधबार २३ जनाको स्वास्थ्य परीक्षण गरिएको हो।
अस्थायी ट्राफिक प्रहरी पोष्ट चापाकोटमा सेवारत धोवीले ‘सुरक्षित ग्रामीण सडक यात्रा र सवारी, हामी सबैको जिम्मेवारी’ कार्यक्रम अन्र्तगत स्वास्थ्य जाँच गरेको जनाए।
वर्षायाम सुरु भएसँगै ग्रामिण सडकखण्डमा सवारी दुर्घटनाको जोखिम बढ्न सक्ने जनाउँदै सो का लागि ट्राफिक व्यवस्थापन मिलाई जोखिम तथा दुर्घटना न्यूनीकरणका लागि यस्ता कार्यक्रम सञ्चालन गरेको बताइएको छ।