सिन्धुलीमा जबरजस्ती करणी गरी फरार भएका दुई जना पक्राउ
सिन्धुली : जबर्जस्ती करणी गरि फरार भएका दुई जनालाई सिन्धुली प्रहरीले नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी निरीक्षक किशोर ढुंगानाका अनुसार कमलामाई नगरपालिका-४ सातपत्रेका २४ वर्षीय रमेश तामाङ र दूधौली नगरपालिका-५ सिर्थोलीका २३ वर्षीय अभिषेक कुमरलाई पक्राउ गरिएको हो।
तामाङलाई सिन्धुलीबाट खटिएको प्रहरी टोलीले खोज तलास गर्ने क्रममा साउन ७ गते निजकै घर छेउको बाटोमा हिँडिरहेको अवस्थामा र कुमरलाई इलाका प्रहरी कार्यालय डकाहा सिन्धुलीबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा दूधौली नगरपालिका-५ बाट पक्राउ गरिएको हो।
पक्राउ परेका तामाङले यही साउन ६ गते राति र कुमरले ८ गते दिउँसो महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको हो।
जिल्ला अदालत सिन्धुलीबाट तामाङलाई पाँच दिन र कुमरलाई सात दिनको म्याद थप गरी अनुसन्धान थालिएको ढुंगानाको भनाइ छ।