दाइलाई कुटेर फरार भएका व्यक्ति पक्राउ
सिन्धुली : जिल्लामा आफ्नै दाइलाई कुटेर फरार भएका व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा जिल्लाको मरिण गाउँपालिका-४ लामिदमारका श्यामध्वज काल्तान रहेका छन्।
उनलाई गत साउन ३ गते दाई रामध्वजलाई कुटपिट गरी गम्भीर घाइते बनाएको अभियोगमा पक्राउ गरिएको हो। तामा राखेको बोराका विषयमा विवाद हुँदा श्यामध्वजले दाजुलाई ढोकामा लगाएको आग्लोले टाउको र काँधमा प्रहार गरी गम्भीर घाइते बनाएका थिए।
उनलाई इलाका प्रहरी कार्यालय कपिलाकोट सिन्धुलीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो। उनलाई पनि जिल्ला अदालत सिन्धुलीबाट पाँच दिनको म्याद थप गरी कुटपिट तथा अंगभंग मुद्दामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।