रगत अभाव हुन नदिन धरानमा रक्तदान
धरान : डेंगु संक्रमित बिरामीको उपचारलाई सहज बनाउनका लागि धरानमा रक्तदान गरिएको छ। उद्योग वाणिज्य संघ सुनसरीले बिहीबार धरानमा रक्तदान कार्यक्रमको आयोजना गरेको हो।
बिरामीको चापका कारण सबै ग्रुपको रगत अभाव भएकाले रक्तदान कार्यक्रम गरिएको संघले जनाएको छ। सेना, प्रहरी, व्यापारी, पत्रकार लगायतका सर्वसाधारणले रक्तदान गरेका थिए। रक्तदान कार्यक्रममा ५३ पिन्ट रगत संकलन गरिएको संघका कार्यवाहक अध्यक्ष गोपाल श्रेष्ठले बताए।