धारिलो हतियार प्रयोग गरेर फरार भएका व्यक्ति चार वर्षपछि पक्राउ
रुकुम पूर्व : जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले धारिलो हतियार प्रयोग गरेर फरार भएका व्यक्तिलाई चार वर्षपछि पक्राउ गरेको छ।
जिल्लाको सिस्ने गाउँपालिका-६ आलाका २६ वर्षीय मदन मल्ललाई प्रहरीले पक्राउ गरेको हो।
उनले सिस्ने गाउँपालिका-५ टाकुराका २० वर्षीय प्रतीक थापालाई २०७६ सालमा धारिलो हतियार प्रहार गरी घाइते बनाएको आरोपमा मुद्दा दर्ता गरिएको छ।
फरार रहेका मल्ललाई सूक्ष्म रुपमा खोज तलास गर्ने क्रममा कास्कीको पोखरा महानगरपालिका-१४ चाउथे खसी बजारबाट लुकीछिपी बसेको अवस्थामा पक्राउ गरिएको सूचना अधिकारी प्रहरी निरीक्षक गणेश पाण्डेले जानकारी दिए।