राजनीतिक उद्देश्यका निम्ति राजीनामा माग्नु राम्रो होइन : प्रधानमन्त्री
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहालले पछिल्लो समय राजनीतिक उद्देश्यका निम्ति प्रधानमन्त्री,गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा माग्ने गलत संस्कार बस्दै गएको बताएका छन्।
इटालीको भ्रमणबाट फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रधानमन्त्री दाहालले हत्त न पत्त राजीनामा मागिहाल्ने संस्कार राम्रो नभएको बताए।
'राजनीतिक उद्देश्यका निमित्त प्रधानमन्त्रीको राजीनामा मागिहाल्ने ,अर्थमन्त्रीको राजीनामा मागिहाल्ने, गृहमन्त्रीको राजीनामा मागिहाल्ने संस्कार बस्न खोज्या छ,'उनले भने,' यो राम्रो होइन।'
प्रधानमन्त्री दाहालले राजीनामा दिने भए देउ नभए संसद चल्न दिदैनौं भनेर पहिल्यै घोषणा गर्नू राम्रो नभएको बताए। स्पष्टीकरणको मौका नै नदिइ एकोहोरो राजीनामा मात्रै माग्ने संस्कार राम्रो नभएको उनको भनाइ छ ।
उनले इटाली भ्रमण नेपालको राष्ट्रिय हितमा महत्वपूर्ण रहेको बताए।