धरानमा डेंगु नियन्त्रणको प्रयास : लामखुट्टे मार्न जसपाका कार्यकर्ता परिचालन
धरान : तीन महिनादेखि धरानमा फैलिएको डेङगु रोगको महामारी नियन्त्रणमा जनता समाजवादी पार्टीका कार्यकर्ता परिचलन गरिएको छ । तीनै तहका सरकारले धरानमा फैलिएको डेङगु रोगको नियन्त्रणमा चासो नदेखाए पछि जसपा धरानले कार्यकर्ता परिचालन गरी लामखुट्टे मार्ने अभियान सञ्चालन गरेको हो।
डेङगु भाइरसको संक्रमणबाट धरानमा ७ जनाको ज्यान गएपछि अवस्था जटिल भन्दै गएको छ । डेङगु संक्रमित बिरमीका कारण अस्पताल र नीजि मेडिकल समेत भरिभराउ छन् ।
जनतालाइ डेङगुको महामारी बचाउन र सचेतनामुलक कार्यक्रमसहित 'सर्च एण्ड डिस्ट्रोय' अभियान सञ्चालन जसपा धरान अध्यक्ष ताजुब लिम्बूले बताए ।
उनले धरान ११ बाट सुरु गरेको अभियान अहिले धरान १५,१७,१२,९ र ७ नम्बर वडामा लामखुट्टे मार्ने काम गरिएको बताए । जसपाको ‘अभियानअन्तर्गत लार्भा मार्ने तथा जमाएर राखेको पानि फाल्ने, लार्भा र पिउपा नष्ट गर्ने गरिएको बताए ।
जसपाका नेता रन्जित राइले डेङगुबाट कसरी बच्ने भनेर घरघरम जनचेतना फैलाउने र बिरामीलाई निशुल्क सिटामोल वितरण गरिएको बताए । जसपाले धरानका २० वटै वडामा यो अभियान सञ्चालन गर्ने बताएको छ ।