प्रचण्डले कांग्रेसको कान समातेर उफारिरहेका छन्  : केपी ओली

प्रचण्डले कांग्रेसको कान समातेर उफारिरहेका छन्  : केपी ओली
सुन्नुहोस्

काठमाडौं : नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस माओवादीको इसारामा चलेको आरोप लगाएका छन्। काठमाडौंमा आयोजित कार्यक्रममा उनले कांग्रेस माओवादीको ढाकर बोकेर हिँडेको बताए।

'एमालेपछि जित्ने चान्स अलि अलि कांग्रेसको पनि हो। तर कांग्रेस माओवादीको ढाकर बोक्याछ,' उनले भने। माओवादी अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले कांग्रेसको कान समातेर डोर्‍याएको उनको भनाइ छ। 

'कांग्रेसको दुईपट्टि टिलिक्क परेको जुत्ता लगाएर, खुट्टा झारेर प्रचण्डले कांग्रेसको कान समातेर उफारेका छन्। कांग्रेस लुरुलुरु हिँडेको छ,' उनले थपे, 'जित्ने कांग्रेसको भाग्य पनि थियो अलिकति। तर अब कठैबरा मात्र भन्न सकिन्छ।' 

उनले कांग्रेस लोकतन्त्रको पक्षमा उभिन नसकेको आरोपसमेत लगाए। त्यतिमात्र होइन कांग्रेस भ्रष्टाचारविरुद्ध उभिन नसकेको अध्यक्ष ओलीले बताए। 

'कांग्रेसका राम्रा नराम्रा दुवै पक्ष छन्। तर बहुतै डर लाग्दा नराम्रा पक्ष छन्। कांग्रेस लोकतन्त्रको पक्षमा छैन। भ्रष्टाचारविरुद्ध पनि उभिँदैन,' उनले भने, 'मुसाले मौका पर्दा चुइँक्क गर्छ तर कांग्रेस गर्दैन। के भएको कांग्रेस? हेर्दाहेर्दै हेर्नुस् त।'

कांग्रेसको राम्रो पक्ष रहे पनि अहिले कर्कलाको ढाँठजस्तै लर्याक्क भएको उनको भनाइ छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.