रुपन्देहीमा सवारी दुर्घटनामा कमी
भैरहवा : रुपन्देहीमा सवारी दुर्घटनामा पनि कमी आएको छ। ट्राफिक प्रहरीको सक्रियता र चालकलाई सचेत गराएका कारणले सवारी दुर्घटनामा कमी आएको हो।
जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार आव ०७८/०७९ मा १७२ वटा सवारी दुर्घटना भएकोमा गत आव ०७९/०८० मा १५१ वटा मात्र सवारी दुर्घटना भएको छ।
आव ०७८/०७९ मा सवारी दुर्घटनामा ९४ जनाको मृत्यु भएकोमा १७१ जना गम्भीर घाइते भएका थिए। गत आव ०७९/०८० मा ८३ जनाको मृत्यु भएकोमा ११५ जना मात्र गम्भीर घाइते भएका थिए।
सवारी चालकहरूलाई सचेत गराउन कार्यालय र विभिन्न संघसंस्थाहरूसँगको समन्वयमा ट्राफिक नियम सम्बन्धी जनचेतनामूलक कार्यक्रमहरू मार्फत दुर्घटना न्यूनीकरणका लागि कार्यहरू भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीका प्रमुख एवं प्रहरी निरीक्षक साकार राज पन्तले बताए।