बाघ र मानव बीचको द्वन्द्व न्यूनीकरण गर्न विशेष पहल गर्नु अत्यावश्यक : राष्ट्रपति

बाघ र मानव बीचको द्वन्द्व न्यूनीकरण गर्न विशेष पहल गर्नु अत्यावश्यक : राष्ट्रपति
फाइल तस्बिर।
सुन्नुहोस्

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले बाघ र मानव बीचको द्वन्द्व न्यूनीकरण गर्न विशेष पहल गर्नु अत्यावश्यक रहेको बताएका छन्। विश्व बाघ दिवस सन् २०२३ को शुभकामना सन्देश दिँदै उनले स्थानीय बासिन्दाको वन पैदावार माथिको निर्भरता कम गर्न जीविकोपार्जनका वैकल्पिक कार्यक्रमहरू सञ्चालनका लागि विशेष पहल गर्नु अत्यावश्यक रहेको बताएका हुन्।

‘सन् २०१० मा रुसको सेन्ट पिटर्सवर्गमा सम्पन्न विश्व बाघ सम्मेलनले हरेक वर्ष २९ जुलाईका दिनलाई अन्तर्राष्ट्रिय बाघ दिवस मनाउने घोषणा गरेअनुरुप आज नेपालमा पनि यो दिवस मनाउन गइरहेका छौं। यसै सन्दर्भमा नेपालले पनि उक्त प्रतिवद्धता अनुरूप बाघको सङ्ख्या करिब तेब्बर वृद्धि गरी सन् २०२२ मा रुसकै भ्लादिभोस्तोक शहरमा भएको दोस्रो बाघ सम्मेलन मार्फत आफ्नो मुलुकको उपलब्धि अन्तर्राष्ट्रिय जगतमा प्रस्तुत गरेको थाहा पाउँदा मलाई  खुसी लागेको छ। ’ सन्देशमा उनले भनेका छन्,‘बाघ संरक्षणका लागि भएका प्रयासका उपलब्धिस्वरूप नेपालमा बाघको सङ्ख्या वृद्धि हुदै गएकोमा संरक्षणकर्मीको मनोबल र हौसलाले उचाइ लिएको सहजै अनुमान लगाउन सकिन्छ। समुदाय र बस्तीस्तर विशेष गरी मध्यवर्ती क्षेत्रका मानिसहरूमा बाघको महत्त्व, बाघ र मानवको द्वन्द्व कम गर्ने उपायका विषयमा ज्ञानको विस्तार गरी संरक्षणका कार्यहरूलाई निरन्तरता दिनु आवश्यक छ।’

राष्ट्रपति पौडेलले बाघको संरक्षण नेपालको पर्यटन प्रवर्द्धन र आर्थिक विकासका लागि पनि महत्त्वपूर्ण हुने तथ्यलाई मनन गरी संरक्षणको दिगो व्यवस्थापनमा खटिन सम्बद्ध निकाय, जनसमुदाय र संरक्षणकर्मीहरूलाई आह्वान गरेका छन्। उनले भने,‘बाघको संरक्षणमा नेपालले संसारमा नै नेतृत्वदायी भूमिका निर्वाह गरेको हुँदा बाघ जोगाउन अथक प्रयास गर्ने संरक्षणकर्मी, सुरक्षाकर्मी, जनसहभागितामा जुट्ने स्थानीय बासिन्दा, सञ्चारकर्मी एवम् सहयोगी संस्थाहरूलाई विशेष धन्यवाद दिन चाहन्छु।’

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष क्षेत्रको विकासले बाघको बास स्थानलाई सुरक्षित बनाउन टेवा पुगेको उनको भनाई छ। उनले आजको विश्व बाघ दिवस सन् २०२३ ले बाघको बास स्थान सुरक्षित राख्दै वन्यजन्तुमा आधारित पर्यटन विकासमार्फत आम्दानी वृद्धि गर्दैं स्थानीयस्तरमा हुने मानव-वन्यजन्तु द्वन्द्व व्यवस्थापनमा सफलता प्राप्त गर्न सबैमा उत्प्रेरणा जगाओस् भन्ने कामना गरेका छन्।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.