पुस्तक लेख्नु भनेकोआधा युद्धमात्र हो
सन् २०१७ यता चारवटा पुस्तक ‘सेल्फ पब्लिस’ गरिसकेकी र पब्लिसर विक्लीको बुक लाइफ पृष्ठमा सम्पादकीय सूचीमा पर्न सफल पुस्तक ‘मेकिङ फ्रेन्ड्स विथ मोन्स्टर्स’की लेखिका सान्ड्रा एल रोस्टिर्रोलाको अनुभव भने सकारात्मक छ। भन्छिन्, ‘समग्रमा, मेरो अनुभव सकारात्मक भएको छ, यद्यपि मैले विगत केही वर्षमा महŒवपूर्ण परिवर्तन देखेको छु। सेल्फ पब्लिसप्रतिको नकारात्मक धारणा र सेल्फ पब्लिस लेखकहरूलाई लाग्ने आक्षेप वा कलंकमा कम हुँदै गएको छ।’
सान्ड्राले सेल्फ पब्लिस गरेर पुस्तक बिक्री गर्ने निकै ठूलो अनलाइन प्लेटफर्महरूमा विज्ञापन गरिन्। ‘मैले अमेजनमा धेरै सफल विज्ञापन अभियानहरू चलाएँ’, उनी भन्छिन्, ‘अर्को महŒवपूर्ण परिवर्तन सामाजिक मिडिया भएको छ। टिकटकले धेरै सेल्फ पब्लिस लेखकहरूका लागि खेल मैदान नै परिवर्तन ग¥यो, विशेषगरी रोमान्स र काल्पनिक शैलीहरूमा।’ उनका अनुसार धेरै लेखकले स्व–प्रकाशनलाई छाने जुन परम्परागत प्रकाशकले पूरा गर्न सकेन, रोयल्टीदेखि हरेक कुरामा। उनी थप्छिन्, ‘जब तपाईं स्व–प्रकाशन गर्नुहुन्छ, तपाईं धेरै टोपी लगाउनु हुन्छ। तपाईं केवल एक सर्जकमात्र होइन, तर एक प्रकाशक पनि हुनुहुन्छ, त्यसैले तपाईं व्यापार पक्ष सिक्न इच्छुक हुनुपर्छ। पुस्तक लेख्नु भनेको आधा युद्धमात्र हो। कसैले पनि यसको बारेमा थाहा नपाएसम्म यसलाई पढ्ने छैन।’
सान्ड्राका लागि स्व–प्रकाशन एक आवश्यकता भयो। ‘म सुरुमा परम्परागत मार्गमा गएँ र मेरो पछिल्लो पुस्तक, ‘मेकिङ फ्रेन्ड्स विथ मोन्स्टर्स’का लागि एक एजेन्ट पनि सुरक्षित गरें। पाँच प्रकाशकले मेरो पाण्डुलिपिलाई छ महिनासम्म समाते तर अन्ततः अस्विकार गरे’, उनी भन्छिन्, ‘तर म मेरो कथामा विश्वास गर्थें, म इन्डी (सेल्फ पब्लिस) मार्गमा गएँ। तपाईंलाई सहयोग गर्ने त्यहाँ धेरै संस्थाहरू छन्, जुन स्व–प्रकाशित लेखकहरूका लागि मार्गदर्शन प्रदान गर्दछन्। यद्यपि इन्डी लेखकको लागि बाटो अझै पनि कठिन छ। मार्केटिङ संसारमा धेरै ढोकाहरू बन्द छन्। प्रचारक फेला पार्न मलाई लामो समय लाग्यो किनभने धेरैले मलाई भने कि उनीहरू स्व–प्रकाशित लेखकहरूसँग काम गर्दैनन्।
फेरि सेल्फ पब्लिस पुस्तक भएपछि राम्रा मिडियाले स्थान दिन हिच्किचाउँछन्।’
यद्यपि स्व–प्रकाशन र परम्परागत प्रकाशन दुवैका आफ्ना जोखिम छन्, कमजोर र बलिया दुवै पक्षहरू। ‘एउटा कुरा के हो भने जब तपाईं एक पहिचान योग्य ब्रान्डद्वारा प्रकाशित हुनुहुन्छ तब तपाईंका लागि अधिक ढोकाहरू खुल्छन्। तर स्व–प्रकाशनको प्लस पक्ष यो हो कि तपाईं आफैं टाइम लाइनहरू नियन्त्रण गर्नुहुन्छ। प्रकाशकले छानेको तपाईंको पुस्तकको अर्को दुई वर्षका लागि प्रकाशन मिति नहुन सक्छ, जबकि स्व–प्रकाशित लेखकहरूले चाहेको बेला प्रकाशन गर्न सक्दछन्’, उनी अनुभव साट्छिन्।
स्व–प्रकाशित लेखकहरूले आफ्ना पुस्तकहरू सार्वजनिक गर्नुअघि विचार गर्नुपर्ने महŒवपूर्ण कुराहरूलाई उल्लेख गर्दै उनी तीन कुरामा जोड दिन्छिन्–
१. पुस्तकको आवरण र आन्तरिक डिजाइन।
२. सामाजिक मिडिया पुस्तकको प्रचारप्रसार र तिनीहरूको सही प्रयोग।
३. पुस्तकको मार्केटिङ गर्ने रणनीति।
सेल्फ पब्लिस लेखकले यो तीनवटा कुरामा परम्परागत प्रकाशनले झैं प्रोफेसनल भएर काम भने गर्न सक्नुपर्छ। उनी सेल्फ पब्लिस लेखकहरूलाई, सबै लेखकहरूलाई समान विचारधारा भएका लेखकहरूको समुदाय निर्माण गर्न प्रोत्साहित गर्छिन् र एकअर्काबाट सिक्न सुझाउँछिन्।
अन्त्यमा, स्व–प्रकाशित पुस्तकहरूको अवस्थामा निरन्तर विकास भइरहेको छ। केही स्व–प्रकाशित कृतिहरूले ठूलो सफलता प्राप्त गरेका छन्। अर्थात् बेस्टसेलर सूचीमा पुगेका छन् र आलोचनात्मक प्रशंसा प्राप्त गरेका छन्। स्व–प्रकाशन लोकप्रियतामा वृद्धि भएको छ। बजारमा बढ्दो प्रतिस्पर्धी भएको छ। जसले लेखकहरूलाई भीडबाट बाहिर खडा हुन मार्केटिङमा समय र आफ्नो प्रयासको लगानी गर्न बाध्य बनाउँछ।
स्व–प्रकाशित लेखकहरूले गरेको प्रगतिको बावजुद, तिनीहरूले सामना गर्न सक्ने केही चुनौतीहरू अझै पनि नभएका भने होइनन्। स्व–प्रकाशनसँग सम्बन्धित गलत अवधारणा वा त्यो लाञ्छनालाई पार गर्नु त्यति सजिलो भने छैन। तर व्यावसायिक सम्पादन र डिजाइनको माध्यमबाट उच्च गुणस्तरको सामग्री सुनिश्चित गर्नु र मार्केटिङको जटिलताहरू चिर्दै अगाडि बढ्न सक्यो भने सेल्फ पब्लिसको बजार अझ आसलाग्दो छ, लेखक र पाठक दुवैका लागि।