लेख्ने र प्रकाशन गर्ने काम अर्थपूर्ण हुन्छ

लेख्ने र प्रकाशन गर्ने काम अर्थपूर्ण हुन्छ
सुन्नुहोस्

‘सेल्फ पब्लिस’ लेखकद्वारा लेखिएका कृतिमध्ये छानिएको अमेरिकन डलर पाँच हजारबराबरको ‘वेस्ट इन्डी अथर्स’ पुरस्कार विजेता क्रिस्टिन हेनेरबर्गसँग इमेलबाट लिएको छोटो अन्तर्वार्ता। उनको कृति ‘बाउन्डलेस’ले उक्त पुरस्कार प्राप्त गरेको थियो।

तपाईंको ‘सेल्फ पब्लिस’ अनुभव के छ ?
म धेरै कारणले गर्दा मेरो संस्मरण ‘बाउन्डलेस’ सेल्फ पब्लिस गर्न लामो समयसम्म हिचकिचाएँ। एउटा व्यावहारिक कारण यो थियो कि यो मेरा लागि भारी विषय थियो। कहाँबाट सुरु गर्ने ? कसरी के गर्ने ? मलाई थाहा थिएन। एकपटक मलाई मद्दत गर्न केही व्यक्ति नियुक्त गरें– मुख्यतया एक क्षमतावान् सम्पादक, अद्भुत र अनुभवी पुस्तक डिजाइनर। मलाई लाग्यो कि मसँग एक टोली छ। यी मानिसहरूले मेरा प्रश्नहरूको जवाफ दिन सक्थे। मलाई वास्तवमै केही पनि थाहा थिएन। उनीहरूले मेरा समस्यामा सल्लाह दिन्थे। त्यसपछि ममा आत्मविश्वास बढ्यो। जब पुस्तक निस्कियो, तब मैले एक प्रिय मित्र तथा स्थानीय पुस्तक पसलका मालिकलाई मेरा लागि एउटा पार्टी दिन आग्रह गरें, जुन मेरा लागि एक अद्भुत अनुभव रह्यो।

तपाईं परम्परागत प्रकाशनमा किन जानु भएन र सेल्फ पब्लिस नै रोज्नु भयो ? 
वास्तवमा यो पुस्तक परम्परागत रूपमा प्रकाशित गर्न चाहन्थें। न्युयोर्क सहरमा मेरा एक अद्भुत एजेन्ट थिए। उनले मेरो पुस्तकको प्रतिनिधित्व गरेर प्रकाशक भेट्टाउन धेरै प्रयास गरे, तर सकेनन्। लाग्यो कि मेरो पुस्तक धेरै संवेदनशील र विवादास्पद विषयको बारेमा छ। तर त्यो समयमा मलाई मेरो लेखन र मेरो विचारको अस्वीकृति भएको हो कि जस्तो महसुस भयो। जुन मेरा लागि धेरै पीडादायी थियो। सेल्फ पब्लिस (स्व–प्रकाशन) गर्ने साहस जुटाउन मलाई लामो समय लाग्यो।

परम्परागत प्रकाशक पाउन गाह्रो हुने लेखकहरूलाई तपाईं के सल्लाह दिनुहुन्छ ?
हतोत्साहित नहुनुहोस्। लज्जित पनि नहुनुहोस्। यदि तपाईं लेख्न मन पराउनु हुन्छ र लेखिरहनु हुन्छ भने तपाईं लेख्दै जान सक्नु हुनेछ। चाहे तपाईंले प्रकाशक पाउनुहोस् वा नपाउनोस्। तपाईं लेखिरहनु हुन्छ भने त्यो नै गर्व गर्न लायक पक्ष हो।

स्व–प्रकाशित प्लेटफर्महरू कत्तिको प्रभावकारी हुन सक्छन् ?
मलाई लाग्छ कि यो तपाईंको लक्ष्यमा निर्भर गर्दछ। केही स्व–प्रकाशित लेखकहरू वास्तवमा धेरै पुस्तकहरू बेच्न र÷ वा धेरै पैसा कमाउन चासो राख्छन्। अरूहरू केवल आफ्नो कथा वा सन्देश संसारभरि पुगोस् भन्ने चाहन्छन्, चाहे जतिसुकै मानिसहरूले यसलाई पढुन्। एक ‘प्रभावकारी’ स्व–प्रकाशित पुस्तकको अर्थ लेखकले आफ्नो लक्ष्य पूरा गर्नु हो, जुन विभिन्न तरिकामा प्राप्त गर्न सकिन्छ।

स्व–प्रकाशित लेखकहरूले आफ्ना पुस्तकहरू प्रकाशित गर्नुअघि ध्यान दिनुपर्ने महŒवपूर्ण कुराहरू के–के हुन् ?
मेरा लागि अनुभवी सम्पादकहरूलाई पुस्तकको समीक्षा गर्न आग्रह गर्नु महŒवपूर्ण कुरा थियो। प्रकाशनको अर्थ धेरै कुरा हुन सक्छ, तर प्रकाशित पुस्तक सधैं व्यावसायिक र पोलिस हुनुपर्छ। साथै, तपाईंका लागि ठूलो संख्यामा पाठक पुग्नु महŒवपूर्ण छ भने पाठकहरूले तपाईंको पुस्तकप्रति चासो राख्ने प्रकाशनहरूका लागि लेख्ने कोसिस गर्नुहोस्। एक पुस्तक एक लामो प्रक्रिया हुन सक्छ र त्यसैले त्यो बीचमा छोटा लेख लेख्ने र प्रकाशन गर्ने काम अर्थपूर्ण हुन्छ।

तपाईं स्व–प्रकाशित लेखकहरूसँग केही कुराहरू सेयर गर्न चाहनुहुन्छ ?
लाग्छ कि सबै लेखकहरूले लेखनको प्रक्रियामा गर्व महसुस गर्नुपर्छ, जसमा ठूलो अनुशासन र साहस चाहिन्छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.