सिन्धुलीमा निरन्तर बृहत्त् सरसफाई अभियान

सिन्धुलीमा निरन्तर बृहत्त् सरसफाई अभियान
सुन्नुहोस्

सिन्धुली : सिन्धुलीमा बृहत् सरसफाई अभियान सञ्चालन गरिएको छ। 

कमलामाई नगरपालिका, जिल्ला प्रहरी कार्यालय, डिभिजन वन कार्यालय र स्थानीय टोलसुधार समितिको सक्रियतामा जिल्ला सदरमुकामलाई सफा र सुन्दर राख्न बृहत् सरफाई अभियान सञ्चालन गरिएको हो। 

उक्त अभियान अन्तर्गत शनिबार जिल्लामा बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठको समेत सहभागितामा झण्डै चार किलोमिटर क्षेत्रमा बृहत् सरसफाई गरिएको छ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीको अगुवाइमा शनिबार कमलामाई नगरपालिका-५ को काली मन्दिरदेखि सिलामेसम्म सडकको दायाँ बायाँ बृहत् सरसफाई गरिएको हो।

सरसफाई कार्यक्रममा सहभागी हुँदै मन्त्री श्रेष्ठले वातावरण नागरिकको जीवनसँग जोडिएको भन्दै वातावरण सफा र स्वच्छ राख्न अपरिहार्य भएको बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.