होटल म्यानेजमेन्टको प्रयोगात्मक अभ्यासका लागि होटल स्कुल सञ्चालन

होटल म्यानेजमेन्टको प्रयोगात्मक अभ्यासका लागि होटल स्कुल सञ्चालन

धनकुटा : साँगुरीगढी गाउँपालिका-६ नाम्जे स्थित ग्रामीण जनता माध्यमिक विद्यालयले होटल व्यवस्थापन सम्बन्धी पढाइ सुरु गरेको छ। 

विद्यालयले एक कार्यक्रमको आयोजना गरेर होटल व्यवस्थापन सम्बन्धी होटल स्कुल सञ्चालनमा ल्याएको छ। साँगुरीगढी गाउँपालिका अध्यक्ष जितेन्द्र राईले रिबन काटेर होटल स्कुलको उद्घाटन गरे। 

पूर्वी क्षेत्रको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा परिचित भेडेटारसहित आसपासका क्षेत्रमा व्यावसायिक रूपमा सञ्चालित होटलहरूलाई आवश्यक पर्ने दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले होटल व्यवस्थापन सम्बन्धी पढाइ सुरु गरिएको प्रधानाध्यापक टंक भुजेलले बताए। 

उनका अनुसार होटल व्यवस्थापन सम्बन्धी पठनपाठन अघिल्लो शैक्षिक सत्रदेखि सुरु गरेको भए पनि औपचारिक उद्घाटन अहिले गरिएको हो। अहिले कक्षा १२ मा १२ जना विद्यार्थी अध्ययनरत छन्। 

विद्यालयले विद्यार्थीको प्रयोगात्मक अभ्यासमा सहयोग पुगोस् भनेर नाम्जेमा होटल स्कुल सञ्चालनमा ल्याएको छ। होटल म्यानेजमेन्ट सम्बन्धी पढाइ विद्यालयमा भए पनि विद्यार्थीको प्रयोगात्मक अभ्यास होटल स्कुलमा हुने प्रज भूजेलले बताए। 

दुई तलाको भवनमा ८ वटा रहेको छ। भवनको माथिल्लो तलाको ४ वटा कोठालाई अटेज रुम बनाइएको छभने भूईंतलामा किचेन र रिसेप्सन बनाइएको छ। 

होटल स्कुलको व्यवस्थापन अध्ययनरत विद्यार्थीले गर्छन्। उनीहरूले अभ्यास गर्न कहिले किचनमा, कहिले रिसेप्सनमा र कहिले सर्भिसमा काम गर्छन् जसको कारण सैद्धान्तिक ज्ञानसँगै व्यावहारिक सीपको पनि विकास भएको विद्यार्थीको भनाइ छ।  

होटल मेनेजमेन्ट प्राविधिक र प्रयोगात्मक विषय भएको र यसका लागि होटल स्कुल सञ्चालन गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णुबहादुर आचार्यले बताए। 

गाउँपालिका अध्यक्ष जितेन्द्र राईले प्राविधिक धारको पठनपाठनले स्वरोजगार बन्न सहयोग पुग्ने उनले बताए। भेडेटार क्षेत्र पर्यटकीय क्षेत्र हो। यहाँ पछिल्लो समय स्तरीय होटल खुल्ने क्रम बढ्दो छ। जसमा दक्ष जनशक्तिको अभाव छ। उक्त अभावलाई यस विद्यालयले उत्पादन गर्ने जनशक्तिले पूर्ति गर्ने उनले बताए। 

होटल म्यानेजमेन्ट पढाइ सक्ने वित्तिकै रोजगार पाइन्छ। बेरोजगार भएर बस्नु पर्दैन। यो क्षेत्रको अध्ययन गर्ने विद्यार्थीहरूलाई धेरै अवसर हुने उनले बताए। 

अध्यक्ष राईले होटल म्यानेजमेन्ट पढाइलाई थप गुणस्तरीय बनाउन गाउँपालिकाले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे। उनले होटल म्यानेजमेन्ट संकाय तर्फको कक्षा ११ मा भर्ना हुने गाउँपालिका भरिका जेहेन्दार तथा निम्न वर्गका दुई जना विद्यार्थीलाई गाउँपालिका अध्यक्ष कोषबाट निःशुल्क पठनपाठन गर्ने व्यवस्था मिलाउने घोषणा तथा प्रतिवद्धता व्यक्त समेत गरे। 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.