लागूऔषधसहित एक जना पक्राउ
काठमाडौं : धादिङमा लागूऔषधसहित एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा मकवानपुर थाहा नगरपालिका-७ की ३० वर्षीया शर्मीला मगर रहेकी छन्।
उनलाई धादिङको थाक्रे गाउँपालिका-२ समानटारबाट लागूऔषधसहित शनिबार बिहान पक्राउ गरिएको हो।
प्रहरी चौकी महादेववेशीबाट खटिएको प्रहरीले आग्रापुरीयाबाट महादेववेशीतर्फ आउँदै गरेको न ५ ख ६५९० नम्बरको बस जाँच गर्ने क्रममा करिब २ केजी पोल्याण्डसहित फेला पारेको थियो। यसबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।