महिलाको घाँटीबाट सुनको सिक्री लुट्ने गिरोह मोरङबाट पक्राउ

महिलाको घाँटीबाट सुनको सिक्री लुट्ने गिरोह मोरङबाट पक्राउ
सिक्री थुतेको घटनामा संलग्नहरु । तस्बिर :अन्नपूर्ण
सुन्नुहोस्

विराटनगर : महिलाले घाँटीमा लगाएको सुनको सिक्री थुत्ने गिरोहलाई प्रहरीले मोरङको सुन्दरहरैँचाबाट पक्राउ गरेको छ ।  पर्सा घर भएका तीनजना सुन्दरहरैँचा नगरपालिका–८ सलकपुरबाट शनिबार साँझ पक्राउ परेका हुन् । 

पक्राउ पर्नेमध्ये एकजना १० वर्षीय बालक पनि छन् । मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालका अनुसार पर्साको वीरगन्ज महानगरपालिका–१६ का २६ वर्षीय विशाल राय, जगरनाथपुर नगरपालिका–६ का २९ वर्षीय उमेश राय यादव र १० वर्षीय बालक पक्राउ परेका हुन् । 

सुलकपुरस्थित बजारमा साँझ ७ बजेतिर शब्जी किन्दै गरेकी सुन्दरहरैँचा–९ की निर्मला राईको घाँटीबाट विशालले सिक्री थुतेको प्रहरीले जनाएको छ । महिलाले घाँटीमा लगाएको सिक्री थुतेर भाग्न खोज्दै गर्दा उनलाई नियन्त्रणमा लिएर स्थानीयले प्रहरीको जिम्मा लगाएका थिए । प्रहरीका अनुसार थुत्नसाथ सिक्री विशालले १० वर्षीय बालकलाई थमाइदिएको पत्ता लागेको छ । 

प्रहरीले सिक्री बालकको साथबाट बरामद गरेको हो । ‘सिक्री थुतिसकेपछि बालकलाई दिँदा रहेछन् । कसैले शंका नगर्ने भएकाले बालकलाई सिक्री थमाउने गरेको पाइयो,'डीएसपी दाहालले भने,‘शरीर खानतलासी गर्दा घटनामा संलग्न विशालको साथबाट सिक्री भेटिएन । बालकले बोकेका रहेछन् ।’ 

सिक्री थुतेको घटनामा संलग्नलाई नियन्त्रणमा लिएको जानकारी स्थानीयले गराएपछि इलाका प्रहरी कार्यालय विराटचोकबाट प्रहरी घटनास्थल पुगेको थियो । तर, विशालको साथबाट सिक्री फेला परेन । नजिकै रहेका बालकको साथबाट सिक्री भेटिएको प्रहरीको भनाइ छ । उमेश बालकसँगै थिए । 

तीनैजनालाई इलाका प्रहरी कार्यालय बेलबारीमा राखेर प्रहरी निरीक्षक (इन्सपेक्टर) उदय शम्शेर राणा नेतृत्वको टोलीले घटनाको थप अनुसन्धान गरिरहेको छ । सिक्री थुतेको अन्य घटनामा पनि उनीहरुको संलग्नता हुनसक्ने प्रहरीको आशंका छ । पक्राउ परेकाविरुद्ध चोरी–डाँका मुद्दा चलाउने तयारी प्रहरीको छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.