मध्य रसियाको समुद्री तटमा रुखले किचेर ७ जनाको मत्यु

मध्य रसियाको समुद्री तटमा रुखले किचेर ७ जनाको मत्यु
फाइल तस्बिर।
सुन्नुहोस्

 

रुसी गणतन्त्र मारी एलको समुद्र तटमा आँधीबेहरीमा परी तीन बालबालिका र चार जना वयस्कसहित सात जनाको मृत्यु भएको स्थानीय अधिकारीले आइतबार बताएका छन् । हुरीले ढालेका रुखले किचेर उनीहरूको ज्यान गएको हो । 

मारी एलका नागरिक रक्षा तथा जनसङ्ख्या संरक्षण समितिका प्रमुख अलेक्ज्याण्डर माल्किनका अनुसार आँधीमा परी घाइते भएका २२ जनालाई अस्पताल लगिएको छ ।  शनिबार साँझ ६ बजे उक्त घटना भएको हो । 

घटनास्थल मारी एल र छिमेकी टाटारस्तानका बासिन्दाहरूको लागि लोकप्रिय मनोरञ्जन स्थलल हो । हुरीले धेरै रुखहरू ढाल्दा समुद्र तटमा करिब पाँच सय कार र त्रिपालमा मानिसहरू बसेका थिए । घटनास्थलमा उद्धारकर्ता, प्रहरी र रुसी आपतकालिन मन्त्रालयको हवाई समूह संलग्न छ । मारी एल मस्कोबाट छ सय ५० किलोमिटर पूर्वमा अवस्थित छ । 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.