टिपर पल्टँदा चालक र सहचालक घाइते

टिपर पल्टँदा चालक र सहचालक घाइते
फाइल तस्बिर।
सुन्नुहोस्

टिपरका सहचालक संखुवासभा निवासी बिक्रम विश्वकर्मा गम्भीर घाइते भएका छन् । प्रहरीका अनुसार चालक  भोजपुर षडानन्द-१३ का रिनछिरिङ तामाङ पनि घाइते भएका छन् ।

फिदिम : पाँचथरको हिलिहाङ-७ सल्लेरीमा टिपर पल्टँदा चालक र सहचालक घाइते भएका छन् ।

टिपरका सहचालक संखुवासभा निवासी बिक्रम विश्वकर्मा गम्भीर घाइते भएका छन् । प्रहरीका अनुसार चालक  भोजपुर षडानन्द-१३ का रिनछिरिङ तामाङ पनि घाइते भएका छन् ।

जोरपोखरीदेखि फिदिमतर्फ आउँदै गरेको प्रदेश ०१–०२००१ क ३८७४ नम्बरको टिपर आइतबार बिहान मेची राजमार्गमा पल्टिएको हो ।

ओरालो बाटोमा ब्रेक फेल भएर दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ । घाइतेहरु दुबै जनालाई उपचारका लागि पाँचथर अस्पताल ल्याइएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.