लेखा समितिले गरायो सरकारको ध्यानाकर्षण

सुन तस्करीबारे अनुसन्धान गर्न उच्चस्तरीय समिति गठन गर्न एमालेको माग

सुन तस्करीबारे अनुसन्धान गर्न उच्चस्तरीय समिति गठन गर्न एमालेको माग
सुन्नुहोस्

काठमाडौं : सार्वजनिक लेखा समितिले १०० किलो सुन प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन गर्न सरकारको ध्यानाकर्षण गरेको छ । आइतबार बसेको लेखा समितिको बैठकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार छलेर बाहिरिएको १०० किलो सुन प्रकरणको निष्पक्ष छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्न माग गरेको हो । 

जेष्ठ नागरिकका रुपमा समितिको सभापतित्व गरेका कांग्रेस सांसद अर्जुन नरसिंह केसीले १०० किलो सुन तस्करी प्रकरणमा सरकारले उच्चस्तरीय छानबिन समिति गठन गर्न ध्यानाकर्षण  गराएका थिए । 

बैठकमा एमाले सांसद योगेश भट्टराईले सुन प्रकरणको छानबिन गर्न उच्चस्तरीय समिति बनाउनुपर्ने बताएका थिए ।

एमालेका सचिव समेत रहेका भट्टराईले गृहमन्त्री र अर्थमन्त्रीमाथि समेत छानबिन गर्नुपर्ने भएको र उनीहरूमाथि प्रहरीले अनुसन्धान गर्न नसक्ने भन्दै उच्चस्तरीय समिति गठन गर्नुपर्ने बताएका थिए । एमालेले सत्तारुढ दलका नेताको संलग्नता बाहेक विमानस्थलबाट सुन तस्करी हुन नसक्ने आरोप लगाउँदै आएको छ ।

सुन तस्करी प्रकरणमा हालसम्म १८ जना पक्राउ परिसकेका छन्।

 

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.