प्रधानन्यायाधीश नियुक्ति सिफारिस छिट्टै गर्नेबारे प्रचण्ड,देउवा र ओलीबीच सहमति

प्रधानन्यायाधीश नियुक्ति सिफारिस छिट्टै गर्नेबारे प्रचण्ड,देउवा र ओलीबीच सहमति

काठमाडौं : प्रमुख तीन दलका शीर्ष नेताबीच संसदमा देखिएको अवरोध अन्त्य गर्ने र प्रधानन्यायाधीश नियुक्तिका लागि संवैधानिक परिषद्को बैठक बोलाउने विषयमा सहमति भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार भएको छलफलमा संवैधानिक परिषद्को बैठक राखेर प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिश गर्ने र सदनमा देखा परेको अवरोध अन्त्य गर्ने विषयमा सकारात्मक छलफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिएका छन्।

छलफलका क्रममा  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संवैधानिक परिषद्का अन्य सदस्यसँग छलफल गरेर छिट्टै परिषद् बैठक बोलाउने बताएको राष्ट्रिय समाचार समितिले उल्लेख गरेको छ।

छलफलमा प्रधानमन्त्री प्रचण्ड,नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली सहभागी थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.