ठगी गरेर फरार भएका व्यक्ति पक्राउ
काठमाडौं : ठगी गरेर फरार भएका व्यक्ति पक्राउ परेका छन्।
पक्राउ पर्नेमा सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका-२ घर भई हाल जिल्ला भक्तपुर चाँगुनारायण-३ दुवाकोटका २५ वर्षीय दिनेश सापकोटा रहेका छन्।
बैंकिङ कसुर र ठगी सम्बन्धी मुद्दामा उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले जनाएको छ।
पक्राउ परेका उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर भक्तपुर पठाइएको छ।