पेस्तोलसहित मोरङबाट एक जना पक्राउ

पेस्तोलसहित मोरङबाट एक जना पक्राउ
सुन्नुहोस्

विराटनगर : मोरङबाट प्रहरीले पुरानो एउटा कटुवा पेस्तोलसहित आइतबार साँझ एक जनालाई पक्राउ गरेको छ। 

पथरीशनिश्चरे नगरपालिका–३ विकास टोलका ३२ वर्षीय राजकुमार तुम्वापो पक्राउ परेका हुन्। इलाका प्रहरी कार्यालय पथरीका डीएसपी लक्ष्मी भण्डारीका अनुसार घरमा लुकाएर राखेको अवस्थामा पेस्तोल बरामद भएपछि तुम्वापोलाई पक्राउ गरिएको हो। विशेष सूचनाका आधारमा साँझ ५:१५ बजेतिर उनको घरमा प्रहरीले छापा हानेको थियो। 

घरको कोठाको र्‍याकभित्र पुरानो अवस्थाको ‘नन वर्किङ’ कटुवा पेस्तोल भेटिएको भण्डारीले बताए। उनले पेस्तोल कुन प्रयोजनका लागि कहिले र कहाँबाट ल्याएको हो भन्ने बारेमा खुल्न बाँकी रहेको जानकारी दिए। 

पेस्तोलसहित पक्राउ परेका तुम्वापोलाई इलाका प्रहरी कार्यालय पथरीमा राखेर थप अनुसन्धान गर्ने काम भइरहेको प्रहरीले जनाएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.