'मिल्दोजुल्दो वेबसाइट बनाई खोप प्रमाणीकरण गर्नेलाई कारबाही हुन्छ'

'मिल्दोजुल्दो वेबसाइट बनाई खोप प्रमाणीकरण गर्नेलाई कारबाही हुन्छ'
फाइल तस्बिर
सुन्नुहोस्

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलमा मन्त्रालयको वेबसाइट अनधिकृत रूपमा दुरूपयोग गरी कोभिड–१९ विरुद्धको खोप लगाएको प्रमाणीकरण गरेको गुनासो आएको छ। 

अनधिकृत रूपमा वेबसाइट दुरूपयोग र मन्त्रालयसँग मिल्दोजुल्दो वेबसाइट बनाई खोप लगाएको कार्डको प्रमाणीकरण गरी क्युआर कोड बनाएको गुनासो आएको भन्दै त्यस्तालाई कारबाही गर्ने मन्त्रालयले जनाएको छ। 

मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले भने, 'मन्त्रालयको वेबसाइटसँग मिल्दाजुल्दा वेबसाइट बनाई खोप प्रमाणीकरण गरेको गुनासो प्राप्त भएको छ, हामीले त्यसरी खोप प्रमाणीकरण बनाएको खोजी गरिरहेका छौं।'   

मन्त्रालयको वेबसाइट दुरूपयोग गरी विदेश जाने मानिसलाई क्युआर कोड बनाई ठगी भइरहेको विभिन्न माध्यमबाट मन्त्रालयमा जानकारी आएको भन्दै सम्बन्धित पक्षलाई आवश्यक अनुसन्धान गर्न निर्देशन दिइएको उनको भनाइ छ। 

उनले सरकारले नेपालमा यात्रा गर्न कोभिड–१९ पिसिआर परीक्षण र कोभिड–१९ विरुद्धको खोप लगाएको प्रमाणसम्बन्धी अनिवार्य व्यवस्था हटाइसकेको जानकारी दिए। यस्तै विदेश यात्रा गर्नका लागि पनि कतिपय देशले क्युआर कोड हटाइसकेको उनले बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.