सुन प्रकरणमा दावा छिरिङको कनेक्सन

सुन प्रकरणमा दावा छिरिङको कनेक्सन
श्रीमती अमला रोकाको पारिवारिक भेटघाटमा वर्षमान पुन लगायतको टोलीसँग दावा छिरिङ
सुन्नुहोस्

काठमाडौं : केही दिनअघि त्रिभुवन विमानस्थलबाट भन्सार पास भएर १०० केजी बढी सुन बाहिरिएको थियो। राजस्व अनुसन्धान विभाग र सशस्त्र प्रहरीको टोलीले मोटरसाइकलको सूमा लुकाएर ल्याएको अवस्थामा सुन बरामद गरेको थियो।

यहि प्रकरणमा तस्करहरुलाई संरक्षण गरेको आरोपमा बेल्जियमका नागरिक दावा छिरिङ पक्राउ परेका छन्। उनलाई ठमेलस्थित भियाना होटलबाट नियन्त्रणमा लिइएको हो। उनीसहित राजस्व अन्सन्धान विभागको नियन्त्रणमा भारतीय, चिनियाँ र नेपाली नागरिक गरी १८ जना छन्। 

को हुन् दावा छिरिङ ? 

दावा छिरिङ तिब्बती मुलका वेल्जियमका नागरिक हुन्। चिनियाँ नागरिकसँग कनेक्सन भएका उनले चिनियाँको विदेशी लगानी भित्र्याउन समन्वय गर्ने गर्थे। नेपाली युवती अमला रोकासँग बिहे गरेका दावा ठमेलस्थित भियना होटलका मालिक समेत हुन्। अमला माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन र ओनसरी घर्तीसँग पारिवारिक सम्बन्ध भएकी व्यक्ति हुन्।

छिरिङ यसअघि पनि विदेशी मुद्रा, सुन तस्करी लगायतमा संलग्न चिनियाँ गिरोहसँग जोडिएका पात्र हुन्। नेपालमा बसेर कारोवार गर्ने दावाले चिनियाँहरुको अवैध काममा सधाउने गर्थे। उनी कल बाइपास गर्ने चिनियाँ गिरोहसँग पनि संलग्न थिए। नेपालका केही उच्च नेताहरुसँग राम्रो हिमचिम बनाएका दावाले राजनीतिक पहुँचका आधारमा नेपालमा विभिन्न अवैध धन्दा चलाउँदै आएका छन्। 

प्रहरी स्रोतका अनुसार उनले काभ्रे जिल्लाबाट नेपाली नागरिकता समेत लिएका छन्। उनी प्रहरीको खोजी सूचिमा रहेका पात्र हुन्। पछिल्लो पटक सुन तस्करी गिरोहसँगसमेत छिरिङको सम्पर्क रहेको देखिएकोले उनी नियन्त्रणमा परेका हुन्। 

केहि दिन अघि पक्राउ परेका चिनिया नागरिकसँगको बयानका क्रममा चिनियाँले दावाको नाम बताएपछि विभागको टोली उनको होटलमा पुगेको थियो। होटलमा उनलाई फेला नपारेपछि टोली सामाखुसिस्थित घरबाटै दावालाई नियन्त्रणमा लिएको हो। तस्करहरुले तस्करी गरेको सुन दावाले भियना होटलमा लगेर व्यवस्थापन गर्ने गर्थे। चिनियाँको अन्य अपराधमा समेत दावाको नाम मुछिने गरेको छ। स्रोतका अनुसार दावाले चिनियाँ नागरिकसंग मिलेर अवैध नेटवर्किङ कारोबार समेत गर्ने गरेको खुलेको छ। उनको घरबाट बरामद भएको सुनको कागजात र ल्यापटप कम्युटर लगायतका सामान बरामद गरिएको छ। ३५ वर्षीय छिरिङले चाइनिज, नेपाली, इङ्गलिस् फ्रेन्च, हिन्दी र डच भाषाको जानाकारी रहेको दाबी गरेका छन्।

टोखामा छापा 

राजस्व अनुसन्धान विभाग र सशस्त्र प्रहरीको टोलीले शनिबार राति टोखाको एक प्रिफ्याब हाउसमा छापा मारेको थियो। बन्द अवस्थामा रहेको उक्त गोदामबाट टोलीले ठूलो परिमाणको मेसिन, सुन पगालेर अरु नै वस्तुको स्वरुपमा लैजान प्रयोग हुने मेसिन, गलाउने मेसिन, हिटर, कागजात  लगायतका सामान  फेला परेका छन्। अनुसन्धान अधिकृतका अनुसार यो गोदाममा ठूलो परिमाणमा सुन आउने गरेको प्रमाण भेटिएको छ। 

राजश्व अनुसन्धानमा खटिएका सशस्त्रका कर्मचारी, प्रहरी कर्मचारी र राजश्वका अधिकारीहरूले छापा हानेर अहिले सिल गरेका छन्। यहाँ कच्चा सुनलाई पगालेर गरगहना बनाउने र आकार दिने फ्याक्ट्री नै भेटिएको थियो। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.