कोदोको बढ्दो आयात

वर्षमै ७३ करोडको आयात

कोदोको बढ्दो आयात
फाइल तस्बिर।

काठमाडौं : अन्नबाली मध्येको एक कोदो स्वास्थ्यको दृष्टिले निक्कै लाभदायक मानिन्छ। त्यसैले पछिल्लो समय यसको माग बढ्दा आयात पनि बढेको तथ्यांकले देखाउँछ। आर्थिक वर्ष २०७९÷८० मा नै १ करोड ८४ लाख किलोग्राम बराबरको कोदो आयात भएको छ। उक्त परिमाणमा वर्षमै ७३ करोड २० लाख ११ हजार रुपैयाँ बराबरको कोदो र कोदोजन्य खाद्य आयात भएको छ।

विश्वमै कोदो उत्पादन बढी हुने भारतबाट नेपालमा अधिक मात्रामा कोदो आयात हुने गरेको छ। जबकि नेपाल पनि कोदो उत्पादनमा विश्वकै १३औं स्थानमा पर्छ। खाद्य तथा कृषि संगठनको सन् २०२० को तथ्यांकअनुसार नेपालमा ३ लाख २० हजार ९ सय ५३ टन कोदो उत्पादन भएको छ।  

यद्यपि गत आर्थिक वर्षमा नेपालले केही मात्रामा को दोको निर्यातसमेत गरेको छ। सो आवमा नेपालले बेल्जियम, क्यानडा, हङकङ, कोरिया, बेलायत मुलुकमा २१ लाख २३ हजार रुपैयाँ बराबरको १५ हजार ८ सय ११ किलो कोदो बिक्री गरेको भन्सार विभागको तथ्यांकमा उल्लेख छ। तर, पनि यसको तुलनामा आयातको स्थिति भने बढ्दो रहेको कृषि विभाग, बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्र प्रमुख डा. रामकृष्ण श्रेष्ठ बताउँछन्। नेपालमा खेती गर्ने क्रम घट्दो भएकाले कोदोको आयात बढेको उनी बताउँछन्।  उनी भन्छन्, ‘क्षेत्र घट्दै गएकाले देशभित्रको उत्पादनले पुगेन। तर, आजकल कोदोको माग बढेको छ। सहरबजारतिर पनि कोदोजन्यको ब्रेड, कुकिज उत्पादन हुन थालेको छ। साथै मधुमेह रोग जस्ताले कोदो खानु फाइदाजनक भनेर चेतना बढ्दै गएकाले कोदोको माग बढेको हो।’

कोदो खाद्यन्नमा अब्बल गुण, पौष्टिक पदार्थ, आइरन, औषधीय गुण रहेको र जैविक विविधताका दृष्टिले महत्त्व रहेकाले कोदोलाई राष्ट्रिय महत्त्वको बालीको रूपमा स्थापित गराउन खोजिएको छ। जसका लागि संयुक्त राष्ट्रसंघको महासभाले सन् २०२३ लाई  सिमान्त बाली (कोदो) अन्तर्राष्ट्रिय वर्षका रूपमा मनाउने घोषणा गरेसँगै नेपाल सरकारले पनि सिमान्त बाली (कोदो) वर्षको रूपमा मनाइरहेको छ। 

‘खाद्य पोषण, सुरक्षा र वातावरण तथा ग्रामीण रूपान्तरणका लागि कोदोजन्य बाली’ नाराका साथ २०२३ लाई कोदोजन्य बाली वर्ष मनाइरहेको हो। 
स्वास्थ्यवद्र्धक मौलिक अर्थात् रैथाने बालीहरू लोप हुँदै जान थालेकाले कोदो, फापर, लट्टे, जुनेलो (चिनो) जस्ता रैथाने बालीको प्रवद्र्धन गर्न खोजिएको छ। साथै, राष्ट्रिय कृषक समूह महासंघले विगत ३ वर्षदेखि साउन १५ लाई कोदो दिवसको रूपमा मनाउँदै आएको छ। यस वर्षपनि एफएओ नेपाल, राष्ट्रिय कृषक समूह महासंघ नेपाल, अनाज नेपाल र मिलन महिला कृषक समूह काभ्रेको संयुक्त आयोजनामा मण्डनदेउपुर नगरपालिकामा कोदो रोपेर र यसको महत्वबारे चर्चा गरेर कार्यक्रम गरिँदै छ। 

सरकारले कोदो उत्पादनलाई प्रोत्साहन गर्न करोडौं अनुदानसमेत दिएको थियो। गत असारसम्म सरकारले रैथाने बाली यसभित्र पनि बढी कोदोजन्यबाली उत्पादनका लागि प्रोत्साहन गर्न १ सय ३३ पालिकासँग मिलेर अनुदानसहित कार्यक्रम गरेको थियो। तर, चालु आर्थिक वर्षमा फेरि यस्तो कार्यक्रम गर्न नयाँ कार्यविधि पास गर्नुपर्ने भएकाले अझै निश्चित नभएको डा. श्रेष्ठ बताउँछन्। गत आवमा भने बाँझो जमिन प्रयोग गरेर खेती गर्नेलाई १ रोपनी बराबर ९ सय र १ हेक्टर बराबर १८ हजार रुपैयाँ अनुदान दिने व्यवस्था सरकारले गरेको थियो। बाली हुने ठाउँमा कोदो लगाउनेलाई प्रतिरोपनी ९ सय रुपैयाँ अनुदान दिइएको थियो। कोदो बिक्री गर्दा पालिकाको समन्वयमा बजारमा वा सहकारीमा बेच्यो भने प्रतिकिलो १० रुपैयाँ अनुदान दिइएको थियो। खासमा सरकारले अब कोदोको प्रयोगलाई प्रवद्र्धन अर्थात् यसको परिकारमा विविधीकरण गरेर केन्द्रित गर्न खोजेको उनले सुनाए। 

नेपालमा कोदो उत्पादनको स्थिति

पछिल्लो समय नेपालमा कोदो बाली उत्पादनको क्षेत्रफल पहिलेभन्दा क्रमशः घटेको छ। आव २०७४÷७५ मा देशभर २ लाख ६३ हजार ४ सय ९७ हेक्टरमा खेती गरेकोमा ११ हजार ९२ केजी प्रतिहेक्टरको दरले ३ लाख १३ हजार ९ सय ८७ टन उत्पादन भएको थियो। सोही दरले उत्पादन भइरहेको केन्द्रका प्रमुख डा. श्रेष्ठले जनाए। उनकाअनुसार देशको कुल खाद्यान्नको क्षेत्रफलको ७.७ प्रतिशत कोदो बालीले ओगट्छ। यसको कुल क्षेत्रफलमध्ये ९५ प्रतिशत पहाडमा हुन्छ। नेपालको तराईदेखि समुद्र सतहबाट ३१ सय मिटरसम्मको उच्च पहाडी क्षेत्रमा कोदो लगाइन्छ। ७७ जिल्लामै कोदो खेती गरेको पाइन्छ। तर, मनाङ र मुस्ताङमा कम हुन्छ। 

कोदोको गुण

प्रायः कोदोले खाद्य तथा पोषण सुरक्षामा योगदान गर्छ। परम्परागत रूपमा कोदो मुख्यतः ढिंडो, रोटी, रक्सी र पशु आहारमा प्रयोग हुने गरेको छ।  यसलाई मःम, पिज्जा, हलुवा लगायतको परिकारसमेत प्रयोग गर्दा स्वास्थ्यलाई लाभ हुने भएकाले होटल तथा रेष्टुराँहरूले प्रचलनमा ल्याइएको छ।  कोदोबाट क्याल्सियम र फस्फोरसको प्राप्त हुन्छ। 

साथै यसले मधुमेह रोगीहरूका लागि पनि फाइदा गर्छ। कोदोबाट निकालिएको इन्जाइमको रसले छालाबाट रौं हटाउन प्रयोग हरिन्छ। यस्तै मधुमेह, रक्तचाप, युरिक एसिड, दम, रुघा, खोकी, शरीर दुख्ने, कब्जियत, पेट दुख्ने र झाडापखालाका रोगीहरूको लागि पनि यो अति राम्रो मानिन्छ। उसको उपयोगले रगतमा बोसो र कोलेस्टोरोलको मात्रा घटाउँछ। यसबाट प्रोटिन र खनिज पदार्थ पाइन्छ। 

कृषक अभियन्ता उद्धव अधिकारी कोदो कम रसाइन, सिँचाइ नचाहिने, वर्षमा हुने, खेर गएको जमिनमा हुने, भिरालो जमिनको माटो संरक्षण गर्ने र यसलाई हाइब्रिट बीउ नचाहिने सदियौंदेखिकै बीउले उत्पादन हुन सक्ने बताउँछन्। उनकाअनुसार पर्यावरणीय हिसावले अत्यन्तै उत्कृष्ट, खाद्य तथा पोषण सुरक्षा (क्याल्सियम, फलाम, आइरनयुक्त) भएकाले महत्वपूर्ण बाली हो। एक किलो चामलले ३ लाई पुग्छ भने १ किलो कोदोले ७ जनालाई पुग्छ। बहुगुण, बीसौं वर्ष भण्डारण गरेर राख्न सकिने, घुनकीराले नखाने यसका धेरै गुण छन्।’

यस्तै, कृषिविज्ञ कृष्णप्रसाद पौडेल मुख्य दर्जाका बालीभन्दा कोदोजन्य बालीमा सन्तुलित पोषण जस्तै प्रोटिन, खनिज लवण, भिटामिन र रेसा पदार्थ सन्तुलित मात्रामा पाइने बताउँछन्। उनकाअनुसार कोदो प्रजातिका अन्नहरू ग्लुटिन अर्थात् अन्य अन्नबाली खासगरी, गहुँमा पाइने एक प्रकारको प्रोटिन (हानिकारक) रहित खाद्यबाली हुन्। कोदो लामो समयसम्म सजिलै सुरक्षित गर्न सकिने खाद्य बाली हो। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.