कोदोको आन्तरिक उत्पादन बढाउन जोड

कोदोको आन्तरिक उत्पादन बढाउन जोड

काठमाडौं : कोदोको प्रयोग बढेसँगै मुलुकभित्र नै उत्पादनलाई जोड दिन सरोकारवालाहरूले जोड दिएका छन्। ‘कोदोको बाहार : दिगो, पौष्टिक र स्वादिष्ट आहार’ नाराका साथ सोमबार तेस्रो कोदो दिवस मनाई रहँदा सरोकारवालाहरूले कोदो र कोदोजन्य खाद्यको उत्पादन बढाउन जोड दिएका हुन्। 

काभ्रेको मण्डनदेउपुर नगरपालिका-६ मा कोदो रोपेर र यसको महत्वबारे छलफल गरेर दिवस मनाइएको छ। 

राष्ट्रिय कृषक समूह महासंघ नेपाल, अनाज नेपाल, मण्डन देउपुर नगरपालिका, खाद्य तथा कृषि संगठन (एफएबो), केएर नेपाल र मिलन महिला कृषक समूहको संयुक्त आयोजनामा भएको हो। 

यसैक्रममा महासंघका अध्यक्ष नवराज बस्नेतले कोदो बाली साना, सिमान्त कृषकहरूको जीविकाको आधार भएकाले, सरकारी लगानी र प्राथमिकतासहित प्रतिस्पर्धात्मक क्षमता बढाउन जरुरी  भएको औंल्याए। 

उनी भन्छन् , ‘जलवायुमैत्री खेती साथै कोदोको स्वस्थ्य लाभ र यसको खेतीका लागि उपयुक्तता बारे जनचेतना अभिवृद्धि गर्न जरुरी छ। कोदोको प्रशोधन र उद्यमशीलतासँग कृषि शिक्षामा जोडनु पर्दछ।’

यसैगरी कार्यक्रममा कृषि विभाग, बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्र प्रमुख डा. रामकृष्ण श्रेष्ठ सरकारले कोदोजन्य बाली उत्पादनमा प्रोत्साहन गर्न १ सय ३३ वटा पालिकासँग मिलेर अनुदानसहित कार्यक्रम गरेकोमा अब यस वर्ष १ सय ६७ गाउँपालिकामा बाली प्रवर्द्धन गर्न लागेको जानकारी दिए। 

सो बालीको उत्पादन, ब्राण्डिङ, बजारीकरण र रैथाने बाली संरक्षण लगाउतका कम्पोनेन्ट पूरा गर्न यसो गरिएको बताए। यसै क्रममा उनले अब सरकारीस्तरबाट सकभर साउन १५ लाई कोदो दिवस भनेर वार्षिक क्यालेण्डरमा राख्न यस वर्ष प्रक्रिया अघि बढाइने र टुङ्गो लागेमा आगामी वर्षदेखि तालिकामा समेटीने विश्वास व्यक्त गरे। 

यस्तै कार्यक्रममा कृषि विभागका सहसचिव डा. हरिबहादूर केसी छोड्दै गएका रैथाने बालीलाई सरकारले प्रवर्द्धनमा जोड दिँदै आएको बताए। ‘कोदोलाई रैथाने बालीका रूपमा पथमिकतामा पर्नुपर्छ भनेर अगाडि बढाइएको छ। कोदोको उत्पादकत्व बढाउन सकैबाट प्रयास जारी गर्नुपर्छ,’ उनले भने। 

राष्ट्रिय समावेशी आयोगका सदस्य विष्णेमाया ओझा कुनैबेला हेंला गरीने कोदोको महत्व बढ्दै गएको र अहिले दिवसको रुपमा मनाइरहेको बताइन्। नेपाल कोदो उत्पादनमा सक्षम हुँदा हुँदै पनि वार्षिक ७३ करोड आयात गर्नुपर्ने अवस्था भएकोमा उनले अब मुलुक निर्यातमा अब्बल हुनुपर्नेमा जोड दिइन्। 

ओझाले सुझाव दिँदै भनिन्, ‘कोदोलाई व्यवसायीकरण गर्न आवश्यक छ। यसलाई आकर्षणको क्षेत्र बनाउन सकिन्छ। मुलुक कृषिमा आत्मनिभैर बनाउदै जानु पर्छ। विदेशिएका युवालाई पनि यही कृषि गरुँ गरुँ लाग्ने वातावरण बनाऔं।’

यस्तै, खाद्यका लागि कृषि अभियानका अध्यक्ष तथा महासंघका संरक्षक उद्धव अधिकारी कोदो खेती छाड्दै जाने प्रवृत्ति बढिरहँदा यसको महत्वलाई बुझेर फेरि उत्पादनमा जोड दिन थालेकाले यसलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए। 

यसैक्रममा उनले निकट भविष्यमा कोदो दिवसकै रुपमा सरकारले राष्ट्रिय मान्यता दिनेमा पनि उनी विश्वस्त रहेको बताए। 

नगरपालिकाका प्रतिनिधिहरूले कोदो रोप्ने प्रवृत्तिलाई बर्सेनि बढाउँदै जाने हो भने आयात नै गर्न नपर्ने र आन्तरिक खपत आफ्नै उत्पादनले धान्न सकिने बताए। अबका सन्ततिलाई पनि कोदो उत्पादन र उपभोगमा पनि बानी पार्न आवश्यक रहेकोमा सरोकारवालाहरूले ध्यानाकर्षण गराएका छन्। 

संयुक्त राष्ट्रसंघको महासभाले सन २०२३ लाई   सिमान्तबाली (कोदो) अन्तर्राष्ट्रिय वर्षका रुपमा मनाउने घोषणा गरेसँगै नेपाल सरकारले पनि सिमान्तबाली (कोदो) वर्षको रूपमा मनाइरहेको छ। ‘खाद्य पोषण, सुरक्षा र वातावरण तथा ग्रामिण रुपान्तरणका लागि कोदोजन्य बाली’ नाराका साथ २०२३ लाई कोदोजन्य बाली वर्ष मनाइरहेको हो।  

नेपाल पनि कोदो उत्पादनमा विश्वकै १३ औं स्थानमा पर्दछ। खाद्य तथा कृषि संगठनको सन् २०२०को तथ्यांकअनुसार नेपालमा ३ लाख २० हजार ९ सय ५३ मेट्रिक टन कोदो उत्पादन भएको छ। यति उत्पादन हुँदा पनि पछिल्लो समय कोदोको माग बढ्दै गएकाले आयात पनि चुलिएको छ। 

गत वर्ष आव २०७६/७७ मा ७ करोड १५ लाख २७ हजार रुपैयाँ बराबरको कोदो आयात भएको थियो। तर आव २०७७/७८ मा ७ करोड २२ लाख रुपैयाँ र २०७९/८० मा ७३ करोड २० लाख बराबरको कोदो आयात भएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.