प्री ओपन सेसनमै नेप्से परिसूचक ओरालोतिर
काठमाडौं : सेयर कारोबारको तेस्रो दिन आज प्री ओपसन सेसनमा नेप्से परिसूचक ०.१२ अंकले घटेर २१०६.०६ विन्दुमा अडिएको छ। यो समयमा १५ कम्पनीको ९७५ कित्ता सेयर २ लाख ८० हजार ७०५ रुपैयाँमा खरिदबिक्री भयो।
कारोबारमा आएका कम्पनीमध्ये ८ को मूल्य बढ्यो भने ४ को घट्यो। बाँकी १ कम्पनीको मूल्य भने यो समयमा स्थिर रह्यो।