बुढानिलकण्ठमा महिलाको हत्या, एक जना पक्राउ

बुढानिलकण्ठमा महिलाको हत्या, एक जना पक्राउ
सुन्नुहोस्

काठमाडौं : काठमाडौंको बुढानिलकण्ठमा विवाद हुँदा अनिता चौधरीको हत्या भएको छ। 

जिल्ला प्रहरी परिसर काठमाडौंका सहायक प्रवक्ता अनिल अधिकारीका अनुसार सप्तरी घर भई बुढानिलकण्ठ नगरपालिका–४ भसन्थलीमा बस्ने ३८ वर्षीया चौधरीको हत्या भएको हो। प्रहरीले हत्या आरोपमा फरार रहेका ५८ वर्षीय गौरासिंह बोहरालाई लुकेर बसेको अवस्थामा फेला पारेको थियो। 

बुढानिलकण्ठका स्थानीय बोहोरा र अनिता छिमेकी हुन्। प्रहरीका अनुसार अत्यधिक मदिरा सेवन गरेका गौरा र अनिताको बाटोमै विवाद भएको थियो। यसैक्रममा गौराले आइतबार राति चौधरीमाथि धारिलो हतियार प्रहार गरेका थिए। 

घटना लगत्तै प्रहरी वृत बुढानिलकण्ठको प्रहरी टोली घटनास्थल पुगेको थियो। गम्भीर घाइते अवस्थामा प्रहरीले अनितालाई फेला पारेको थियो। 

उनलाई उद्धार गरी तत्कालै शिक्षण अस्पताल पुर्‍याइएको थियो। यहाँ उपचार हुन नसकेपछि ट्रमा सेन्टर लगिएको थियो। त्यहाँ उपचारका क्रममा गएराति मृत्यु भएको हो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.