माओवादी केन्द्रको पदाधिकारी बैठक जारी

माओवादी केन्द्रको पदाधिकारी बैठक जारी
तस्बिर : प्रचण्ड सचिवालय

काठमाडौं : नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक जारी रहेको छ। केन्द्रीय कमिटीको बैठक बस्नु अगाडि माओवादी केन्द्रको पदाधिकारी बैठक पार्टी कार्यालय पेरिसडाँडामा बसेको हो।

null

पदाधिकारी बैठकमा केन्द्रीय कमिटीमा पेश गर्ने एजेण्डाहरु पारित हुनेछ। केहि समयपश्चात स्थायी कमिटी बैठक समेत बस्दैछ।

पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले  बिहान ११ बजे कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा बस्ने केन्द्रीय कमिटी बैठकको उद्घाटन गर्नेछन्। बैठकमा अध्यक्ष दाहालले राजनीतिक र साङ्गठिनक प्रतिवेदन पेस गर्ने कार्यसूची तय भएको माओवादी केन्द्रका केन्द्रीय कार्यालयका सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिए।

बैठकले सरकारको कामकारबाहीका बारेमा पनि समीक्षा गर्नेछ। अध्यक्ष दाहाल गत पुसमा प्रधानमन्त्रीमा नियुक्त भएका थिए। बैठकमा तीन सय ८७ पूर्ण केन्द्रीय सदस्य, एक सय ९८ वैकल्पिक केन्द्रीय सदस्य, तीन आयोगका ७५ सदस्य  र १० प्रदेशका पदाधिकारी एक सय जना सहभागी हुनेछन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.