इन्भेष्टमेन्ट मेगा बैंकमा कार्यरत गार्ड मृत फेला
विराटनगर : मोरङको नेता चोकस्थित इन्भेष्टमेन्ट मेगा बैंकमा कार्यरत गार्ड मृत फेला परेका छन्। बुधबार बिहान मोरङ ग्रामथान गाउँपालिका-७ मा रहेको बैंकमा कार्यरत वडा नम्बर ५ का ४२ वर्षीय पदुम कुमार माझी मृत फेला परेको प्रहरीले जनाएको छ।
उनी बैंकको माथिल्लो तल्लाको सिढीमा सुतिरहेको अवस्थामा मृत फेला परेको हो। प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ।