विवादास्पद अभिव्यक्ति दिने अधिवक्ता पाण्डेलाई पक्राउको माग गर्दै टेकुमा प्रदर्शन, १० जना बढि पक्राउ

विवादास्पद अभिव्यक्ति  दिने अधिवक्ता पाण्डेलाई पक्राउको माग गर्दै टेकुमा प्रदर्शन, १० जना बढि पक्राउ
तस्बिर : अभिशेक महर्जन
सुन्नुहोस्

काठमाडौं : विवादास्पद अभिव्यक्ति दिने अधिवक्ता भगवती पाण्डेलाई तत्काल पक्राउ गरी कानुनी दायरमा ल्याउन माग गर्दै प्रदर्शन भएको छ। पक्राउ पुर्जी जारी भएपनि पक्राउ नगरेको भन्दै तामाङ र मगर समुदायका व्यक्तिहरूले काठमाडौं जिल्ला प्रहरी परिसर टेकुमा प्रर्दशन गरेका छन्।

null

प्रदर्शनका क्रममा १० जना बढि पक्राउ परेका छन्।  सहकर्मी पक्राउ परेपछि उनीहरू झन् आक्रोशित बनेका थिए। भीड तितरवितर पार्न प्रहरीले ३ राउण्ड अश्रुग्यास प्रहार गर्नुका साथै लाठी चार्ज गरेको थियो।

null

एक टेलिभिजन अन्तर्वाताका क्रममा अधिवक्ता पाण्डेले तामाङ,मगरलगायत समुदायमा दाजुबिहीनबीच विवाह हुनेर जसका कारण समाजमा अपराध फैलिएको अभिव्यक्ति दिएकी थिइन्।

null

विवादास्पद अभिव्यक्ति दिएकी पाण्डेविरुद्ध तामाङ मगरलगायतको समूहले उजुरी दिएपछि उनीविरुद्ध पक्राउ पु्र्जी जारी भएको छ। तर, पनि पाण्डे पक्राउ परेकी  छैनन्।

nullnull
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.