छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षकविरुद्ध किटानी जाहेरी

छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षकविरुद्ध किटानी जाहेरी
सुन्नुहोस्

काभ्रे : विद्यालयको कोठाभित्रै यौन दुर्व्यवहार गरेको आरोप लागेका पनौती नगरपालिका -२ मा रहेको कुशादेवी माध्यामिक विद्यालयका शिक्षक छवि रमण गौतमविरुद्ध किटानी जाहेरी दर्ता भएको छ । विद्यालयका छात्राले सामूहिकरुपमा इलाका प्रहरी कार्यालय बनेपा पुगेर किटानी दिएका हुन् । 

छात्राहरूले मंगलबार बेलुका जाहेरी दिएको इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख डीएसपी रेशम बोहराले जानकारी दिए । उनका अनुसार जाहेरी दर्ता भएर आवश्यक प्रक्रिया अघि बढिसकेको बताए । विद्यालयका प्रधानाध्यापक, व्यवस्थापन समितिको पदाधिकारी र अभिभावकको रोहवरमा किटानी जाहेरी प्रहरीले दर्ता गरेको हो । 

११ जना छात्राले किटानी जाहेरी दिएका छन्। दर्ता भएर आवश्यक प्रक्रिया अघि बढिसकेको डीएसपी बोहरा अन्नपूर्णलाई जानकारी दिए ।  कुशादेवी माविमा गणित विषय पठाउने गौतमले पटक–पटक छात्रामाथि यौन दुर्व्यवहार  गर्दै आएको यसअघि पनि उनलाई यस्तै प्रकृतिको घटनामा माफी माग्न लगाएर उन्मुक्ति पाएका स्थानीयले मंगलबार वडामा भएको भेलामा बताएका थिए।

घटना भएको ५ दिनपछि मात्र किटानी जाहेरी दर्ता भएको हो । शिक्षक गौतम ९ वर्षदेखि उक्त विद्यालयमा अध्यापन गराउँदै आएका थिए ।  कक्षा १० मा पढ्ने छात्राहरूले गत शुक्रबार विद्यालयमा शिक्षक गौतमले यौन दुर्व्यवहार गरेको भनि सामूहिक निवेदन दिएका थिए ।

सोही निवेदनका आधारमा विद्यालय व्यवस्थापन समितिको बैठकले गौतमलाई स्पष्टिकरण लिएको स्पष्टिकरण चित्तबुझ्दो नभएपछि आइतबारदेखि विद्यालयमा हाजिर नगराउने निर्णय गरिएको समितिको अध्यक्ष श्रीकृष्ण थापाले बताए ।

शिक्षक गौतम आइतबारदेखि विद्यालयको सम्पर्कमा नरहेको थापाले बताए ।  मंगलबार पनौती नगरपालिकाका प्रमुख रामशरण भण्डारीले एक प्रेस विज्ञप्ति जारी गर्दै कुशादेवी माध्यमिक विद्यालयमा भएको घटनाको विषयमा नगरपालिकाको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

नगर प्रमुख भण्डारीले शिक्षा, युवा तथा खेलकुद शाखाबाट घटनामा संलग्न शिक्षकलाई विभागीय कारवाहीको प्रक्रिया अघि बढाइ सकिएको विज्ञप्तिमा उल्लेख गरेका छन् । विज्ञप्तिमा भनिएको छ,‘यस नगरपालिकाअन्तर्गत सञ्चालित  कुशादेवी माध्यमिक विद्यालय पनौती २ मा अध्ययनरत कक्षा १० का छात्राहरूले उक्त विद्यालयका शिक्षकले आफूहरुमाथि अभद्र व्यवहार,नराम्रो नियत तथा शरीरका विभिन्न अंगमा छोइ मानसिक तनाव दिँदै आएको भनि विद्यालयलाई जानकारी गराइएको गम्भीर विषयप्रति हाम्रो ध्यानाकर्षण भएको छ । शिक्षण सेवाजस्तो पवित्र संस्थामा कार्यरत शिक्षकबाट बालबालिकाहरूको भावनामा ठेस पुग्नेगरी हुने त्यस्ता कार्यहरू निन्दनीय तथा भर्त्सनायोग्य छन् । बालबालिकाहरूले स्वतन्त्रतापूर्वक, शान्त वातावरणमा अध्ययन कार्यमा संलग्न हुन पाउने बालअधिकारको सुनिश्चितताको लागि हामी सदैव क्रियाशिल रहेका छौं,' विज्ञप्तिमा उल्लेख छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.