संसद बैठक रोक्न सभामुखलाई सरकारले दबाब दियो : ओली

संसद बैठक रोक्न सभामुखलाई सरकारले दबाब दियो : ओली
सुन्नुहोस्

काठमाडौं : नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारले संसद बैठक स्थगित गर्न सभामुख देवराज घिमिरेलाई दबाब दिएको बताएका छन्। मंगलबार डाकिएको संसद बैठक दबाब दिएर स्थगित गर्न लगाएको उनको आरोप छ। 

'बालुवाटारमा भएको सहमति संसद भवन आउँदा बिथोलिन्छ। हामीले बैठक सञ्चाल गरेर सांसदलाई जनताको आवाज राख्न दिनुस् भनौं। सरकारले सभामुखलाई दबाब दिन्छ, तपाईँले सूचना टाँसेर रोक्नुस् भनेर,' उनले भने।

अध्यक्ष ओलीले संसद बैठक एमालेका कारण नभएर सरकारले रोकेको आरोप लगाए। उनले पार्टीको केन्द्रीय कमिटीको बैठकको नाममा संसद बैठक लामो समयका लागि सार्नु उचित नहुने बताए। 

'संसदमा आवाज उठ्छ भनेर सरकारले संसद चल्न दिँदैन। हामीले संसद चलाउँ। सांसदलाई बोल्न दिउँ। जनताको आवाज बोल्नुहुन्छ भन्छौं। सरकारले सांसदलाई बोल्न दिँदैन। सभामुखलाई दबाब दिन्छ सूचना टाँसेर रोक्नुस् भनेर,' उनले भने।

उनले गृहमन्त्रीको अभिव्यक्तिहरू बकवास रहेको बताए। सुन तस्करी प्रकरणमा गृहमन्त्री नारायणकाजी श्रेष्ठले बकवास गरेको उनको भनाइ छ। 'हामी संसद सञ्चालनका लागि तयार हुन्छौं। तर गृहमन्त्रीमात्र बोल्ने कुरा हुन्छ। जो हरेक प्रकारमा बकवास गरेर अरुतिर लाञ्छना लगाउँछ उसले बोल्ने रे, अनि सांसदले बोल्न नपाउने रे?,' ओलीले भने। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.