देउवालाई ओलीको प्रश्न- क्विन्टलका क्विन्टल सुन तस्करी भएको सुन्नुभएको छ कि छैन?

देउवालाई ओलीको प्रश्न- क्विन्टलका क्विन्टल सुन तस्करी भएको सुन्नुभएको छ कि छैन?
सुन्नुहोस्

काठमाडौं : नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सुन तस्करी प्रकरणमा नेपाली कांग्रेसले नबोलेको भन्दै आलोचना गरेका छन्। 

उनले कांग्रेस सभापति शेरबहादुर देउवालाई सुन तस्करी प्रकरणबारे पार्टीको धारणा राख्न सुझावसमेत दिए।

'सुन तस्करी प्रकरणमा कांग्रेस पार्टी किन चुँइक्क गर्न सक्दैन? किन आफ्नो धारणा राख्न सक्दैन? देउवाजीलाई भन्न चाहन्छु- क्विन्टलका क्वीन्टल सुन तस्करी भएको सुन्नुभएको छ कि छैन? के छ तपाइँको विचार?,' ओलीले प्रश्न गरे। 

उनले जति प्रश्न गरे पनि देउवाले प्रचण्डको साथ छोड्न नसक्ने बताउने गरेको बताए। 

उनले सरकारले गरेको छानविन निष्पक्ष नहुने भन्दै स्वतन्त्र छानविनको माग गरेको बताए। 'तपाईँहरूको सरकार परिपक्व भएन। भन्सार चोरी पैठारी हुँदा रोक्न/छेक्न सक्नुभएन। अनि के छानविन गर्नुहुन्छ,' उनले भने।

उनले सबैले देख्ने सुनका पोका सरकारले नदेखेको भन्दै आलोचना गरे। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.