आन्तरिक ऋण उठाउँदै सरकार

आन्तरिक ऋण उठाउँदै सरकार
फाइल तस्बिर।
सुन्नुहोस्

काठमाडौं : चालू आर्थिक वर्षभर सरकारका लागि स्रोत जुटाउन नेपाल राष्ट्र बैंकले खर्बौं रुपैयाँबराबरको आन्तरिक ऋणको तालिका सार्वजनिक गरेको छ। सरकारका लागि आर्थिक वर्ष २०८०/०८१ मा २ खर्ब ४० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउन राष्ट्र बैंक लागेको हो।

बैंक तथा वित्तीय संस्थामा लगानी योग्य पुँजी (तरलता) थुप्रिएकै बेला आन्तरिक ऋण जुटाउन वार्षिक तालिका सार्वजनिक गरिएको छ। केन्द्रीय बैंकले सरकारको आन्तरिक ऋण व्यवस्थापन गर्न उक्त रकम जुटाउन लागेको हो।

वार्षिक बजेटलाई धान्न सरकारले आन्तरिक ऋण उठाउने गर्छ। यसैलाई व्यवस्थापन गर्न राष्ट्र बैंकले आगामी असार मसान्तसम्म ट्रेजरी बिल, विकास ऋणपत्र, पाँचवर्षे नागरिक बचतपत्र र पाँचवर्षे वैदेशिक रोजगार बचतपत्रमार्फत त्रैमासिक रूपमा उक्त रकम उठाउन लागेको हो। आन्तरिक ऋण उठाउने प्रयोजनार्थ नेपाल सरकारका तर्फबाट राष्ट्र बैंकले निष्कासन गर्ने प्रस्तावित चार त्रैमासिक विभाजनअनुसार सबैभन्दा बढी आव २०८०/८१ को चौथो त्रैमासमा आन्तरिक ऋण उठाउने भएको छ। उक्त तालिकामा प्रथम पाँच महिनाको बोलकबोल तालिकासमेत सार्वजनिक गरेको छ। उक्त तालिकाहरू खुला बजार सञ्चालन समितिको सिफारिसमा नेपाल सरकार, अर्थ मन्त्रालयबाट स्वीकृत भएर आएपछि लागू गर्न सार्वजनिक गरेको हो।

वार्षिक तालिका सार्वजनिकसँगै केन्द्रीय बैंकले बुधबारदेखि नै आन्तरिक ऋण उठाउन थालेको छ। सरकारको तर्फबाट राष्ट्र बैंक, मौद्रिक व्यवस्थापन विभागद्वारा ६ वर्ष अवधिको १० अर्ब रुपैयाँबराबरको विकास ऋणपत्र २०८६ ‘छ’ बिहीबार ३ बजेसम्म बोलकबोल प्रक्रियाद्वारा निष्कासन गर्न लागेको हो। 
तालिकाअनुसार प्रथम र दोस्रो त्रैमासमा उक्त उपकरणमार्फत ५५–५५ अर्र्ब रुपैयाँ उठाउने लक्ष्य राखेको छ। यसैगरी तेस्रो त्रैमासमा १ खर्ब १२ अर्ब रुपैयाँ उठाउने भएको छ। यससँगै अन्तिम अर्थात् चौथो त्रैमासमा सबैभन्दा बढी ७७ अर्ब रुपैयाँबराबरको ऋण उठाउने लक्ष्य छ।

केन्द्रीय बैंकको मौद्रिक व्यवस्थापन विभागले २८ दिनदेखि ३ सय ६४ दिनसम्मको ट्रेजरी बिल जारी गरेर आर्थिक वर्षभित्र ५५ अर्ब उठाउने लक्ष्य लिएको छ। यसैगरी ५ वर्षेदेखि ८ वर्ष अवधिसम्मको १ खर्ब ७९ अर्ब रुपैयाँबराबरको विकास ऋणपत्र उठाउने प्रक्षेपण गरेको छ। यस्तै, पाँचवर्षे नागरिक बचतपत्रमार्फत पाँच अर्ब रुपैयाँ जुटाउने भएको छ। पाँचवर्षे वैदेशिक रोजगार बचतपत्रमार्फत भने एक अर्ब रुपैयाँ उठाउने लक्ष्य लिएको छ। 

नेपाल राष्ट्र बैंक ऐन, २०५८ तथा राष्ट्र ऋण ऐन, २०५९ मा भएको व्यवस्थाअनुसार नेपाल सरकारको तर्फबाट आन्तरिक ऋण उठाउने कार्य राष्ट्र बैंकले गर्छ। वार्षिक आन्तरिक ऋण निष्कासन तालिका चालू आर्थिक वर्षका लागि व्यवस्था गरेको बैंकका प्रवक्ता डा. गुणाकर भट्ट बताउँछन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.