'पानीका लागि तड्पिरहेका बेलामा पनि केन्द्रीय सरकारले विभेद गर्‍यो'

'पानीका लागि तड्पिरहेका बेलामा पनि केन्द्रीय सरकारले विभेद गर्‍यो'
सुन्नुहोस्

वीरगन्ज : प्रतिनिधिसभा सदस्य प्रदीप यादवले केन्द्र सरकारले वीरगन्जसहित मधेससँग अहिले पनि विभेद गरिरहेको बताएका छन्।

वीरगन्जमा अहिले देखिएको पानीको संकटबारे वीरगन्ज महानगरपालिकाले बिहीबार आयोजना गरेको छलफल कार्यक्रममा बोल्दै पूर्व वनमन्त्री समेत रहेका यादवले यस्तो बताएका हुन्।
 

वीरगन्जसहित मधेसमा अहिले भइरहेको पानीको संकट बारे आफूले संसदमा पटक पटक आवाज उठाएको साथै प्रधानमन्त्री समेतलाई भेटेर ध्यानाकर्षण गराउँदा समेत संघ सरकार समस्या समाधानका लागि पहल गर्नुको सट्टा कानमा तेल हालेर बसेको गुनासो उनले गरे।

उनले भने,‘वीरगन्जसहित मधेसमा अहिले पानीको हाहाकार छ, वीरगन्जवासी एक एक बुन्द पानीका लागि तड्पिरहेका छन्, वीरगन्जसहित मधेसमाथि यत्रो बज्रपात पर्दा पनि संघ सरकार कानमा तेल हालेर बसेको छ, आजपनि मधेसलाई हेर्ने संघ सरकारको नजर विभेदकारी छ।'

खानेपानी महेन्द्र राय यादवलाई उनले वीरगन्जस्थित खानेपानी संस्थानको कार्यालयमा तत्काल जनशक्ति थप गरिदिन अनुरोध गरे। साथै उनले वीरगन्जसहित मधेसभर देखिएको पानीको समस्या दीर्घकालिन रुपमा समाधानका लागि खानेपानी मन्त्रालयसँग के के योजना छ? भनेर खानेपानी मन्त्री यादवसँग प्रश्नपनि उनले गरे। मन्त्रीस्तरीय निर्णयबाट मधेस प्रदेशलाई ‘सुख्खाग्रस्त क्षेत्र’ घोषणा गरेर यहाँका जनतालाई राहत दिन उनले आग्रह गरे।

पूर्व वनमन्त्री यादवले मधेसलाई मरुभूमि बनाउने योजना संघ सरकारले चुरे क्षेत्रको दोहन र वन विनाशमा लागेको आरोप पनि लगाए।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.