उच्छृङ्खल गतिविधि गर्ने पाँच पक्राउ

उच्छृङ्खल गतिविधि गर्ने पाँच पक्राउ

काठमाडौं : काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले सर्वसाधारण नागरिकलाई डर, धम्की दिई उच्छृङ्खल गतिविधि गरेको आरोपमा जोरपाटीबाट पाँच जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा मेलम्ची–६, सिन्धुपाल्चोक घर भई हाल काठमाडौं गोकर्णेश्वर बस्ने ३४ वर्षीय श्यामबहादुर लामा, गोकुलगङगा–६, रामेछाप घर भई हाल काठमाडौं जोरपाटी बस्ने २८ वर्षीय विक्की लामा (बाफ्ले), मेलम्ची–१०, सिन्धुपाल्चोक घर भई हाल काठमाडौं, कागेश्वरी मनहरा, डाँछी बस्ने ३६ वर्षीय भीमबहादुर बस्नेत, मेलम्ची–१०, सिन्धुपाल्चोक घर भई काठमाडौं, कागेश्वरी मनहरा, मूलपानी बस्ने ३५ वर्षीय गोविन्द गजमेर तथा चौतारा साँघा चोकगढी–१, सिन्धुपाल्चोक घर भई हाल काठमाडौं गोकर्णेश्वर बस्ने ३५ वर्षीय प्रवीण तामाङ रहेका छन्। 

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार पक्राउ परेकाले काठमाडौं उपत्यकाको बौद्ध, जोरपाटीलगायतका स्थानमा सर्वसाधारण व्यक्तिसँग अनावश्यक विवाद गरी डरत्रास, भय सिर्जना गर्नुका साथै निजहरुले समूहमा गई सर्वसाधारणलाई कुटपिट, गैरकानुनी रुपमा रकम माग गर्ने लगायतका अपराधिक गतिविधिमा संलग्न रहेको आरोपमा पक्राउ गरिएको हो। 

पक्राउ परेकामाथि मुलुकी अपराध संहिता २०७४ को दफा ११८ को अभद्र व्यवहार गर्न नहुने कसूरमा थप अनुसन्धानको लागि आज प्रहरी वृत्त बौद्ध, काठमाडौं पठाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.