पाँच वर्षपछि इलाममा ‘राष्ट्रिय परिचयपत्र’ वितरण
इलाम : राष्ट्रिय परिचयपत्रको फाराम भरेको पाँच वर्षपछि इलाममा राष्ट्रिय परिचयपत्र वितरण सुरु भएको छ।
इलाममा पहिलो चरणमा पाँच सय जनालाई वितरण सुरु गरिएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोख्रेलले जानकारी दिए।
जिल्ला प्रशासन कार्यालय इलाममा १७ हजार ७९ वटा कार्ड प्राप्त भएको पोख्रेलले बताए। उनले भने ‘अहिले जिल्ला प्रशासनमा आएर फर्म भर्नेको मात्रै कार्ड आएको छ।’