अन्नपूर्ण मिडिया नेटवर्क र अलोईबीच सम्झौता
काठमाडौं (अन्नपूर्ण) : अन्नपूर्ण मिडिया नेटवर्क (एएमएन) अन्तर्गतको युनिटी फर सस्टेनेबिलिटी अभियान र बहुराष्ट्रिय कम्पनी अलोई लिमिटेडबीच हरित साझेदारी अघि बढाउने सम्बन्धमा बिहीबार एक सम्झौता भएको छ।
सम्झौतापत्रमा अन्नपूर्णका तर्फबाट गु्रप प्रमुख कार्यकारी अधिकृत (सीईओ) सनत न्यौपाने र अलोईका सहसंस्थापक एवं चिफ टेक्नोलोजी अफिसर सोनिका मानन्धरले हस्ताक्षर गरे। उक्त सहकार्यको मुख्य एजेन्डा हरित उद्यमशीलता, लघुउद्यमशीलता, दिगो कृषि विकास र भविष्यमा हुने हरित अभियानमा मिलेर अघि बढ्ने उल्लेख छ।
हस्ताक्षर कार्यक्रममा युनिटी फर सस्टेनेबिलिटी अभियानका परियोजना अधिकृत पृथ्वी ढुंगानाले हरित साझेदारीलाई अघि बढाउन थुप्रै संघसंस्थासँग हातेमालो गर्दै अघि बढिरहेको बताए। यस्ता साझेदारीले जलवायु क्षेत्रमा भएका समस्या र समाधानलाई जोड्दै जलवायु सुशासनमा वकालत गर्ने अपेक्षा रहेको ढुंगानाको भनाइ छ।
कार्यक्रममा अलोईकी सहसंस्थापक मानन्धरले हरित साझेदारी महŒवपूर्ण भए पनि सम्बन्धित निकायबाट सहयोग पाउन गाह्रो भएको अनुभव सुनाइन्। अलोईका चिफ प्रडक्ट अफिसर रिवाज रञ्जितकारले यो सहकार्यले हरित साझेदारीका सम्बन्धमा मिडिया एड्भोकेसी गर्न सहज हुने बताए।