यौन दुर्व्यवहारको आरोप लागेका शिक्षक बनेपाबाट पक्राउ

यौन दुर्व्यवहारको आरोप लागेका शिक्षक बनेपाबाट पक्राउ
सांकेतिक तस्बिर।
सुन्नुहोस्

काभ्रे : छात्रामाथि यौन दुव्र्यवहार गरेको आरोप लागेका काभ्रे जिल्लाको पनौती नगरपालिका- २ मा रहेको कुशादेवी माविको गणित शिक्षक छविरमण गौतमलाई प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख डीएसपी रेशम बोहराका अनुसार  शुक्रबा गौतमलाई पक्राउ गरिएको जानकारी दिए ।

शिक्षक गौतमविरुद्ध विद्यालयको छात्राहरूले किटानी जाहेरी दिएपछि अनुसन्धान गर्न गौतमलाई बनेपा नगरपालिका वडा नं ८ बाट पक्राउ गरिएको बोहोराले जानकारी दिए । किटानी जाहेरी परेका गौतममाथि आजै बाट थप अनुसन्धान हुने प्रहरीले जनाएको छ । 

शिक्षक गौतमविरुद्ध बालयौन दुरपयोग कसुरमा मुद्दा चलाउने गरि आजै जिल्ला अदालतमा म्याद थपको लागि तयारी रहेको डीएसपी बोहोराले अन्नपूर्णलाई जानकारी दिए ।  गत बुधबार सो विद्यालयका ११ जना छात्राहरूले आफूहरूमाथि शिक्षक गौतमले यौन दुर्व्यवहार गरेको भन्दै इलाका प्रहरी कार्यालय बनेपामा विद्यालयका प्रधानाध्यापक, विद्यालय व्यवस्थापनका पदाधिकारी सहितको रोहबरमा ११ जना छात्राले किटानी जाहेरी दिएका थिए।

कुशादेवी माविमा गणित विषय पठाउने गौतमले पटक–पटक छात्रामाथि यौन दुर्व्यवहार गर्दै आएको पाइएको छ। यसअघि पनि उनलाई यस्तै प्रकृतिको घटनामा माफी माग्न लगाएर उन्मुक्ति पाएका स्थनीयहरूले मंगलबार वडामा भएको भेलामा बताएका थिए । 

घटना भएको ५ दिनपछि मात्र किटानी जाहेरी दर्ता भएको हो । शिक्षक गौतम ९ वर्षदेखि उक्त विद्यालयमा पठाउँदै आएका थिए । 

कक्षा १० मा पढ्ने छात्राहरुले गत शुक्रबार विद्यालयमा शिक्षक गौतमले यौन दुर्व्यवहार गरेको भनि सामूहिक निवेदन दिएका थिए । सोही निवेदनका आधारमा विद्यालय व्यवस्थापन समितिको बैठकले गौतमलाई स्पष्टिकरण लिएको स्पष्टिकरण चित्तबुझ्दो नभएपछि आइतबारदेखि विद्यालयमा हाजिर नगराउने निर्णय गरिएको समितिको अध्यक्ष कृष्ण थापाले बताए । 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.