काभ्रेमा डेंगु खोज र नष्ट गर अभियान सञ्चालन
काभ्रे : जिल्लाको नमोबुद्ध नगरपालिकामा डेंगु विरुद्धको अभियान सुरु भएको छ। नमोवुद्धमा डेंगु ‘खोज र नष्ट गर’ अभियान सुरु गरिएको हो।
जिल्लाको नमोबुद्ध नगरपालिका, बनेपा नगरपालिका, पनौती नगरपालिका र रोशी गाउँपालिकाले डेंगु विरुद्धको अभियानलाई सञ्चालन गरेका छन्।
पालिकाले स्वास्थ्य शाखामार्फत सबै वडामा अभियान सञ्चालन गरी रहेको बनेपा नगरपालिका प्रमुख शान्ति रत्न शाक्यले जानकारी दिए।
नमोबुद्ध नगरपालिकाका प्रमुख कुनसाङ लामाले डेंगु सार्न सक्ने लामखुट्टेको सम्भावित वासस्थान भएका पुराना टायर, ड्रम लगायतमा संचित गरिएका पानी पोखिनुका साथै स्वास्थ्य सचेतना सञ्चालन सुरु गरिएको बताए।
डेंगु रोकथम र उपचारको लागि नगरपालिकाले प्राथमिकतामा राखेर काम सुरु गरिरहेको मेयर लामाले जानकारी दिए। पालिकाको सब वडाहरूमा नमोबुद्धदेखि दाप्चा बजारसम्म लामखुट्टेका सम्भावित बासस्थान नष्ट गरिएको लामाले बताए।