चोरी गरेको आरोपमा दुई जना पक्राउ
काठमाडौं : चोरीमा संलग्न रहेको आरोपमा दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा सिन्धुपाल्चोकको तौथलि गाउँपालिका-७ घर भई हाल काठमाडौंको बुढानिलकण्ठ बस्ने ३२ वर्षीय विष्णु श्रेष्ठ र मकवानपुरको थाहा नगरपालिका-९ घर भई हाल ठमेल बस्दै आएका ४५ वर्षीय विकास देउला रहेका छन्।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई बिहीबार ठमेलबाट पक्राउ गरेको हो। थप अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त महाराजगञ्ज पठाइएको छ।