रहरै रहरमा हौसिँदा हौसिँदै

यात्रा

रहरै रहरमा हौसिँदा हौसिँदै
सुन्नुहोस्

दुई, तीन वर्षको ग्याप गरी पुनः अमेरिकाको अन्य राज्यको भ्रमणमा निस्कँदै सन् २०२३ सम्ममा अमेरिकाको २७ राज्य घुम्ने अवसर पाएँ।

गंगाप्रसाद दास जो मैले पढेको हाइस्कुल गोडैता सर्लाहीको हेडमास्टर हुनुहुन्थ्यो। २०२२–०२३ सालतिर होला, नेपाल सरकारको तर्फबाट अध्ययन भ्रमणमा अमेरिका जानुभएको कुरा अध्यापनकै क्रममा विद्यार्थीलाई समयसमयमा सुनाउनु हुन्थ्यो।

बालक मन म पनि अमेरिका देख्न पाउँछु कि पाउँदिनँ भन्ने बेलाबेलामा मनमा कौतुहल जागिरहन्थ्यो। यसै क्रममा २०२९ सालमा एसएलसी पास गरेपछि पनि प्राविधिक शिक्षा ओभरसियर, हेल्थ असिस्टेन्ट कि उच्च अध्ययनका लागि विदेशी मुलुक सोभियत संघ गई अध्ययन गर्न र विदेश घुम्न पाउने रहरले 
काठमाडौं आए। प्रवेश परीक्षा हुनुअगावै त्यतिबेलाको काठमाडौंको कडा पानीले मलाई झाडाबान्ता हुने रोग लागी मर्नु न बाँच्नुजस्तो बनायो। बाँच्ने 

रहरले पढाइको इच्छा छोडी घरतर्फ लागें।

परिस्थितिवश जागिर खाने हेतुले २०२९ अन्तिमतिर कृषि विकास बैंकमा जागिर खान पुगे। उक्त बैंकमा पनि उत्कृष्ट कर्मचारीहरूलाई समयसमयमा वैदेशिक अध्ययन भ्रमणका लागि विदेश पठाउने गरिन्थ्यो। म पनि उत्कृष्ट काम गर्दागर्दै सन् १९९९ तिर अध्ययन भ्रमणका लागि करिब १०–११ दिनका लागि थाइल्यान्ड जाने मौका मिल्यो। त्यो नै मेरो प्रथम वैदेशिक भ्रमण हुन गयो।

समय बित्दै जाँदा साल २०६२/०६३ तिर कृषि विकास बैंकले स्वेच्छिक अवकाश योजना ल्यायो। त्यसै योजनाअन्तर्गत मैले पनि अवकाश लिएँ। स्वतन्त्र जीवनयापन गर्दै जाँदा पुनः अमेरिका घुम्न जाने अभिलाषा प्रकट भयो। कसरी जाने अमेरिका सोच्दासोच्दै मेरोभन्दा जेठानको छोरा अमेरिकाबाट नेपाल आएका बखत कुराकानीकै क्रममा कसरी अमेरिका जाने भन्ने कुरा राखें ? उनकै रिक्वेस्ट लेटर लिई भाग्य जाँच्ने हेतुले अमेरिकन दूतावासमा निवेदन पत्र दिएँ। नभन्दै एक सातामै मलाई फोन आयो, ‘आफ्नो पासपोर्ट लिन दूतावासमा आउनु होला।’

विश्वका सबै ६ वटै महादेश र सातौं आश्चर्य सबै अवलोकन गर्‍यौं। शरीर स्वस्थ रहेसम्मै पुनः पुनः पनि अन्य अन्य रमाइला देश भ्रमण गरिरहने इच्छा राखेको छु।

गएँ, पासपोर्ट लिएँ। हेर्दा मलाई पाँच वर्षको मल्टिपल भिसा प्रदान गरिएको रहेछ। अमेरिकी सरकारलाई मुरीमुरी धन्यवाद दिँदै घर फर्किएँ। २०१३ को डिसेम्बरमा नेपालबाट दक्षिण कोरियाको बाटो हुँदै क्रिसमसकै समयअगावै सियाटल अमेरिका पुगें। क्रिसमस सियाटलमै मनाएर 
पहिलो अनुभव बटुल्ने अवसर पाएँ।

केही दिन सियाटलमै बसी घुम्ने हेतुले र आफन्तजनसँग समेत भेटघाट गर्न करिब साढे एक महिनाको विभिन्न स्थानको प्लेन टिकट लिई प्रस्थान गरें। सो अवधिमा वासिङ्टनको सियाटल, क्यालिफोर्नियाको सनफ्रान्सिस्को, लसएन्जलस हलिउड, नेभादाका लसभेगास, कोलोराडोको डेनवर, टेक्सासको डाल्सफोर्ट, कनेक्टिकटको हार्टफोर्ट, मासाच्युसेटको वोस्टन, न्युयोर्क, न्युजर्सी, पेन्सलभानियाको फेलाडेल्फिया, मेरिल्यान्डको सिल्भर स्प्रिङ, बाल्टिमोर, फ्रुटल्यान्ड घुमें। यसैगरी, नर्थक्यारोलिना कोचार्लोटी, जर्जियाको एटलान्टा, ओक्लाहोमाको ठाकरभिल्ले, डिलावरको विलमिङटन, वासिंटन डीसी, फ्लोरिडाको ओरल्यान्डो आदि स्थानको भ्रमण सम्पन्न गरें।

दुई, तीन वर्षको ग्याप गरी पुनः अमेरिकाको अन्य राज्यको भ्रमणमा निस्कँदै सन् २०२३ सम्ममा अमेरिकाको २७ राज्य घुम्ने अवसर पाएँ। थप राज्यहरूमा न्यु ह्याम्पसायर, भरमाउन्ट, ओरेगन, एरिजोना इलिनोवाइज, ओहायो, मेन रोध एजलैजन्ड, ओरेगन, इलिनोवाइज पनि २७ राज्यभित्रै पार्न सफल भएँ। दूरीको हिसाबमा अमेरिकाको परिक्रमा नै गरें।

अमेरिकाको अलावा हामी दुईले अस्ट्रेलियाको सिड्नी, मेल्बर्न गोल्डक्वेस्ट, ब्रिसवेन र क्यानवेराको यात्रा गर्‍यौं। युरोपको यात्राको पनि साइत जुरेको छ। इटाली, फ्रान्स, बेल्जियम, जर्मनी, नेदरल्यान्ड, स्विट्जरल्यान्ड र बेलायतको भ्रमण पनि सक्यौं। अफ्रिकामा इजिप्टको कायरो र एलेक्जेन्ड्रिया पनि भ्रमण गर्‍यौं। एसियाको सिंगापुर, मलेसिया, थाइल्यान्ड, चीन, जोर्डन पुगेको छौं। भारतको विभिन्न प्रान्तहरू त पुग्ने नै भयौं। दक्षिणी अमेरिकी देशहरूमा पेरु, ब्राजिल र उत्तरी अमेरिकाको मेक्सीको पनि भ्रमण गर्ने चाहना पूरा भएको छ।

विश्वका सबै ६ वटै महादेश र विश्वका सातौं आश्चर्य सबै अवलोकन गर्‍र्यौं। सबैको फोटोहरू ६ वटै महादेश र सातौं आश्चर्य घुमेको तस्बिरहरू समावेश गरेको गर्‍र्यैं गर्न पाएको छु। छोराबुहारी, छोरीज्वाइँहरूलाई पनि उमेर छँदै कार्यालय छुट्टी मिलाई अहिलेदेखि नै संसार घुम्न प्रेरित गरिरहेको छु। मेरो शरीर स्वस्थ रहेसम्मै पुनः पुनः पनि अन्य अन्य रमाइला देशहरू भ्रमण गरिरहने इच्छा राखेको छु।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.