प्री ओपन सेसन : नेप्से परिसूचक ५ अंकले बढ्यो
काठमाडौं : प्री ओपन सेसनमा नेप्से परिसूचक ५ अंक बढिले बढेको छ। नेप्से परिसूचक ५.५७ अंकले बढेर २०९५.४२ विन्दुमा पुगेको छ।
यो सेसनमा ३८ कम्पनीको २३ हजार ३२८ कित्ता सेयर ७० लाख २५ हजार ८९० रुपैयाँमा खरिदबिक्री भयो।
कारोबारमा आएका कम्पनीमध्ये १६ को मूल्य बढ्यो भने १६ को घट्यो। बाँकी ४ कम्पनीको मूल्य सो समयमा स्थिर रह्यो।