बागमती प्रदेशमा थपियो मन्त्रालय

बागमती प्रदेशमा थपियो मन्त्रालय
सुन्नुहोस्

हेटौंडा : बागमती प्रदेशमा मन्त्रालय थपिएको छ। प्रदेश सरकारका ११ मन्त्रालयमध्ये पर्यटन, उद्योग तथा सहकारी मन्त्रालयलाई विभाजन गरी १२ वटा पुर्‍याइएको हो। 

नयाँ मन्त्रालयका रूपमा स्थापित उद्योग तथा सामान्य प्रशासन मन्त्रालयको नेतृत्व मन्त्री रामकृष्ण चित्रकारले सम्हाल्ने भएका छन्। 

बागमती प्रदेश सरकारमा लामो समयदेखि जिम्मेवारीविहीन रहँदै आएका मन्त्री चित्रकारलाई आइतबार मन्त्रालयको जिम्मेवारी प्रदान गरिएको हो। 

चित्रकार नेपाली कांग्रेसको प्रदेश संसदीय दलका उपनेता हुन्। उनले मन्त्री नियुक्त भएदेखि नै जिम्मेवारी पाएका थिएनन्। कांग्रेसले भौतिक पूर्वाधार मन्त्रालय विभाजन गरी उनलाई जिम्मेवारी दिनुपर्ने माग गरेको भएतापति माओवादी केन्द्रले माओवादी केन्द्रले अस्वीकार गरेपछि कांग्रेसकै भागमा रहेको पर्यटन, उद्योग तथा सहकारी मन्त्रालय विभाजन गरी उनलाई जिम्मेवारी प्रदान गरिएको हो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.