पाल्पाको मिशन अस्पतालमा बिमामार्फत हुने उपचार सेवा बन्द
तानसेन : युनाइटेड मिशन अस्पताल तानसेन पाल्पाले स्वास्थ्य बिमा मार्फत लागू गरेको सम्पूर्ण उपचार सेवा आइतबारदेखि बन्द गरेको छ। स्वास्थ्य बिमा बोर्डले दिनुपर्ने १९ करोड रुपैयाँ भुक्तानी नभएका कारण सेवा बन्द गरेको हो।
बोर्डको कारण अस्पताल नै बन्द हुने अवस्था आएपछि बिमा उपचार सेवा नै बन्द गर्नुपरेको अस्पतालले जनाएको छ।
अस्पतालले स्वास्थ्य बिमा उपचार सेवा बन्द गरेपछि हजारौ बिरामी मर्कामा परेका छन्। बिमा बोर्डबाट अस्पतालले जेठ मसान्तसम्मको १९ करोड रुपैयाँ बक्यौता रकम लिन बाँकी रहेकोमा असार अन्तिममा ५ करोड मात्र भुक्तानी भएको छ।
पाउनुपर्ने मध्ये २ करोड रुपैया भुक्तानी नहुने गरी अस्वीकृत भएको र अझै १२ करोड रुपैया भुक्तानी बाकी रहेको अस्पतालका व्यवस्थापक जीवन भट्टराईले बताए।
प्रतिक्रिया दिनुहोस !
५