आगोले गोठ जल्यो, खसीबाख्रा मरे

आगोले गोठ जल्यो, खसीबाख्रा मरे
जलेर ध्वस्त भएको गोठ । तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

विराटनगर  : मोरङको धनपालथान गाउँपालिका–६ कदमाहको एउटा गोठमा सोमबार बिहान आगलागी भएको छ । आगोले सुकदेव मण्डलको कर्कट पाताको छानो भएको र बाँसको टाटीको बेरा भएको एक तले गोठ जलेर पूर्ण रूपमा ध्वस्त भएको छ । 

गोठमा पालिएका खसीबाख्रा जलेर मरेका छन् । गोठमा बिहानका राति ३ :३० बजेतिर आगलागी भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मण्डलले पालेका तीनवटा खसी, दुईवटा बाख्रा र दुईवटा पाठापाठी आगोले जलेर मरेका छन् । स्थानीय बासिन्दा र प्रहरीको संयुक्त प्रयासले एक घण्टापछि आगो नियन्त्रणमा आएको थियो । 

आगलागीको कारण खुल्न सकेको छैन । आगोले गोठ,गोठभित्र रहेका खसीबाख्रा,दाउरा र काठ जल्दा दुई लाख २० हजार मूल्य बराबरको क्षति भएको प्रहरीले जनाएको छ । मानवीय क्षति भएको छैन । प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ । 

 


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.