प्रतिनिधिसभा बैठक अपरान्ह ४ बजेलाई सारियो

प्रतिनिधिसभा बैठक अपरान्ह ४ बजेलाई सारियो
फाइल तस्बिर।
सुन्नुहोस्

काठमाडौं : प्रतिनिधिसभा बैठक तीन  घण्टा पर सारिएको छ। दिउँसो १ बजेका लागि बोलाइएको बैठक अपरान्ह ४ बजेका लागि सारिएको नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए।

बैठकको गतिरोध हटाउन सोमबार सभामुख देवराज घिमिरेले शीर्ष तीन दलका नेताहरू र तीनै दलका प्रमुख सचेतकसँग छलफल  गरेका थिए।  सहमति नजुटेपछि  तीन दलका शीर्ष नेताको बैठक  अपरान्ह ३ : ३० बजे पुन: बस्नेगरी स्थगित भएपछि प्रतिनिधिसभा बैठक ४ बजेलाई सारिएको हो।

सिंहदरबास्थित सभामुखको कार्यकक्षमा बसेको बैठकमा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल,नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली सहभागी थिए। 

सुन तस्करी प्रकरणको अनुसन्धानका लागि उच्चस्तरीय समिति गठनको माग गर्दै नेकपा एमालेले संघीय संसदको दुवै सदन अवरुद्ध गर्दै  आएको छ। उक्त मागमा सत्तापक्षले असहमत जनाएपछि बैठक बस्न नसकेको हो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.