चरेससहित दुईजना पक्राउ

चरेससहित दुईजना पक्राउ
सुन्नुहोस्

दार्चुला : दार्चुलामा चरेससहित दुईजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा महाकाली नगरपालिका–४ खलंगाका ६६ वर्षीय मानसिंह ठगुन्ना र  नौगाड गाउँपालिका–४ सिप्टीका ७० वर्षीय गौरसिंह ठगुन्ना रहेका छन्। 

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरक्षक तथा सूचना अधिकारी ज्ञानेन्द्रबहादुर सिंहका अनुसार दुवै जना गए राति शैल्यशिखर नगरपालिकाको कर्कलेबाट पक्राउ परेका हुन्। 

उनीहरूको साथबाट प्रहरीले छ किलो एक सय ग्राम चरेस बरामद गरेको छ। इलाका प्रहरी कार्यालय गोकुलेश्वरबाट प्रहरी निरीक्षक वीरेन्द्र थापा नेतृत्वको टोलीले उनीहरूलाई पक्राउ गरेको हो। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.